१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक-फरक भेटिएपछि…

एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक-फरक भेटिएपछि…
अ अ+ अ-

स्याङ्जा । यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ (हालको चापाकोट नगरपालिका १०) ठेगाना राखेर २०६० मङ्सिर ८ गते १३४९९ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन् ।

उक्त नागरिकतामा बाबुको नाम गोविन्दबहादुर राना उल्लेख गरिएको छ । त्यस्तै तीनदोबाटे गाविस वडा नं ९ (हाल गल्याङ नगरपालिका–८) को ठेगाना राखेर हेमाले विसं २०६५ मङ्सिर ५ गते ४२२०२८ नम्बरको अर्को नेपाली नागरिकता प्रमाणपत्र लिएकी छिन् । त्यसमा उहाँको जन्ममिति विसं २०४५ वैशाख १७ गते र बाबुको नाम नरेश्रवर गाहामगर उल्लेख छ ।

पहिलो कुवाकोट ठेगाना राखेर लिएको नागरिकतामा शाखा अधिकृत धीरेन्द्र बानियाँको हस्ताक्षर रहेको छ भने अर्कोपटक लिएको नागरिकतामा थमनसिंह थापाको हस्ताक्षर रहेको छ । पहिलो नागरिकताबाट रानाले २०२६२७० नंको राहादानीसमेत बनाएको बुझिएको छ ।

यसरी दुई नागरिकता लिएर पटक–पटक धम्की दिएको भन्दै इन्द्रकुमारी गाहाले दुई नागरिकता लिने हेमा राना र नागरिकता लिनका लागि सहयोग गर्ने बुद्धिमाया गाहा (रेनुका थापा) सौतेनी सासुलाई कारवाहीसँगै नागरिकता बदर गर्न माग गर्दै इलाका प्रशासनमा मङ्गलबार निवेदन दिएपछि हेमा रानाले दुई नागरिकता लिएको खुलासा भएको हो ।

इन्द्रकुमारी गाहाले आफ्नो ससुराले तीन विवाह गरेको र कान्छी सौतेनी सासुले आफूले अर्कै श्रीमान्सँग जन्माएको छोरीलाई आफ्नो नाममा रहेको सम्पत्ति दिने योजनाअनुसार आफ्नो ससुरालाई बाबु कायम गरेर नागरिकता बनाएकाले कारवाहीको माग गर्दै निवेदन दिएको बताउनुभयो ।

इन्द्रकुमारीले भन्नुभयो, “उहाँ बुद्धिमाया गाहा (रेनुका थापा)ले हामीलाई बेला–बेलामा मेरो नाममा भएको सम्पत्ति मैले दिन्न, मैले नागरिकतासमेत बनाइदिएकी छु भनेर धम्की दिने गरेपछि आफूहरु विभिन्न निकायमा गए पनि आफूहरुको कुरा कतै सुनुवाइ नभएको बताउनुभयो ।”

बुद्धिमायाले आफ्नो श्रीमान् नरेश्वर गाहामगरको विसं २०६१ माघ १५ गते मृत्यु भएपछि विसं २०६५ मङ्सिर ५ गते हेमा रानाको नागरिकता लिएको खुलेको छ । इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले दुई नागरिकता लिएको भनेर निवेदन आएको र कानूनअनुसार कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । बुद्धिमायाले विभिन्न बैंक एवं वित्तीय सङ्घसंस्थामा ऋण लिने र वित्तीय संस्थाका कर्मचारी पैसा लिनका लागि घरमै पुगेपछि सौतेनी सासु बुद्धिमायासँग बुहारी इन्द्रकुमारी सशङ्कित हुनुभएको छ ।

इन्द्रकुमारीले भन्नुभयो, “उहाँ सासु बुद्धिमायाले बैंकमा पैसा लिनुभएको रहेछ, बैंकका कर्मचारी बिहानै घरमा पैसा तिर्नु भन्दै आए, हामीले लिएका छैनौ भन्दा बैंकका कर्मचारीले घर परिवारले सासुले लिएको पैसा तिर्नुपर्छ भनेपछि आफूहरुलाई शङ्का लागेको र यही क्रममा विवाद हुँदा बुद्धिमायाले आफ्नो नाममा रहेको घरजग्गा आफ्नो छोरी हेमा रानालाई दिने र नागरिकतासमेत बनाइसकेको बताएपछि हेमाले दुई नागरिकता लिएको आफूहरुले थाहा पाएको इन्द्रकुमारी गाहाले बताउनुभयो ।

आफूहरुको सम्पत्ति पहिले अर्कै श्रीमानपट्टी जन्मिएकी छोरीलाई दिनका लागि बुद्धिमायाले अर्को नागरिकता लिन सहयोग पुर्याएको इन्द्रमायाको आरोप छ । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले पनि आफूकहाँ बुधबार इन्द्रमाया गाहाको निवेदन आएको र सत्यतथ्य बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।