१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एक पटक धान रोपे तर दुई पटक बाली भित्र्याए

एक पटक धान रोपे तर दुई पटक बाली भित्र्याए
अ अ+ अ-

कैलाली । कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् ।

भजनीका किसानले एक दशक अघिदेखि चैते धान रोप्दै आएकामा यसवर्ष भने त्यही चैतमा रोपेको धानको बाला दोस्रो पटक काट्न थालेका हुन् । ‘‘विगत वर्षमा जेठ, असारमा धानबाली भित्र्याउँथ्यांै, वर्षात्मा खेत बाँझै राखिन्थ्यो ।’’ स्थानीयवासी लल्लु डगौरा भन्नुहुन्छ, ‘‘यसवर्ष दुई बिघामा जेठ महीनामा ५५ क्वीन्टल धान भित्र्याएका थियौं तर काटेको धान फेरि पलायो, हामी त हेरेको हे¥यै भयांै, धान पनि फलेकाले अहिले धान काटिरहेका छौं ।’’

कैलाली जिल्लाको भजनी नगरपालिकाक्षेत्र पथरैया, काढा, कन्द्रा र मोहना नदीले घेरिएको छ । यो क्षेत्र वर्षात्को समयमा जलमग्न हुन्छ तर कुनै वर्ष पानी परेन भने खेतीबाली रोप्न किसानलाई हम्मेहम्मे पर्छ । ‘‘यहाँ नदी धेरै छन् तर खेतमा सिँचाइको सुविधा छैन ।’’ डगौरा भन्नुहुन्छ, ‘‘सिँचाइको सुविधा नहुँदा किसान वर्षायाममा धान रोप्न छोडेर चैते धानखेती गर्छन् ।’’

डगौराले वर्षे धान नरोपेको एक दशकभन्दा बढी भयो । वर्षात्मा धान रोपे पनि त्यहाँका किसानले धान कहिल्यै भित्र्याउन पाएका थिएनन् । ‘‘वर्षात्मा खेत सधैँ जलमग्न हुन्छ, रोपेको धान डुबानले हराउँछ ।’’ डगौरा भन्नुहुन्छ,‘‘तर यसवर्ष पानी कम परेका कारण दुई पटक धान फल्यो, हामी त दङ्ग छौं ।’’ भजनी नगरपालिकाका हुलाकी सडक आसपास किसानको घरआँगन सडकको पेटीमा अहिले चैते धानको भकारी देख्न पाइन्छ । आफूहरूले वर्षात्को समयमा बाढीको डरले सडकको पेटीमा भकारी राख्ने गरेको स्थानीयवासी पुन्सी लामा बताउनुहुन्छ, ‘‘बाढी आएमा घर डुबानमा पर्ने भएकाले हामीले धानका भकारी सडक छेउमा राखेका हौँं । यहाँ बाढी आए पनि धान जोगाउन सकिन्छ भनेर ।’’

दुई पटक बाला लागेपछि किसान चैते धानबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनीहरुले उत्पादनका लागि प्राङ्गारिक मल प्रयोग नगरी रासायनिक मल प्रयोग गरिरहेका छन् । कृषि विज्ञको भनाइअनुसार रासायनिक मलले स्वास्थमा प्रत्यक्ष असर नपरी जैविक विविधतामा असर पार्छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि तर्फका कार्यक्रम संयोजक भरतबहादुर कँडेल रासायनिक मलको प्रयोग सकेसम्म घटाउनतर्फ किसान जागरुक हुनुपर्ने बताउनुहुन्छ,‘‘मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि जैविक विषादीको प्रयोग बढाउनुपर्छ, रासायनिक विषादीको प्रयोग कम गर्न सल्लाह दिने गरेका छौं ।’’ उहाँ भन्नुहुन्छ । त्यहाँका किसानले विकल्पको रुपमा चैते धानखेती गरिररहेका हुन् । उनीहरुले परम्परागत तरिकाबाट चैतेधान रोप्ने गरेका छन् । चैते धानखेती कृषि प्राविधिकको सल्लाह र आधुनिक तरिकाबाट लगाउन सके किसानको आम्दानीको बाटो बन्न सक्ने कृषि प्राविधिक बताउँछन् ।