७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत सुन्दासद्वारा नेपाल भ्रमण वर्षको निम्तो



अ+ अ-

काठमाडौं । बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मनामा, बहराइनद्वारा आयोजित कार्यक्रममा बहराइनीलाई नेपाल भ्रमणको निम्ता गरेका थिए ।

बहराइन सरकारका परराष्ट्र सचिव डा सैखा राना विन्ट लसा अल खलिफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बहराइन सरकारका उच्चपदस्थ अधिकारी, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारी, अन्तरराष्ट्रिय सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार, गैरआवासीय नेपाली सङ्घ बहराइन एवं बहराइनमा रहेका नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा प्रबुद्ध व्यक्तिको उपस्थिति रहेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

शुभकामना आदानप्रदानपश्चात् बहराइन अधिराज्यमा पहिलोपटक पञ्चे बाजा, मङ्गलधुनको प्रस्तुतिसँगै नेपाली मौलिकता झल्कने मारूनी नाच, थारू नाचलगायत अन्य प्रस्तुति भएको थियो ।