१४ आश्विन २०८१, सोमबार
,
Latest
विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत सुन्दासद्वारा नेपाल भ्रमण वर्षको निम्तो



अ+ अ-

काठमाडौं । बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मनामा, बहराइनद्वारा आयोजित कार्यक्रममा बहराइनीलाई नेपाल भ्रमणको निम्ता गरेका थिए ।

बहराइन सरकारका परराष्ट्र सचिव डा सैखा राना विन्ट लसा अल खलिफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बहराइन सरकारका उच्चपदस्थ अधिकारी, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारी, अन्तरराष्ट्रिय सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार, गैरआवासीय नेपाली सङ्घ बहराइन एवं बहराइनमा रहेका नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा प्रबुद्ध व्यक्तिको उपस्थिति रहेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

शुभकामना आदानप्रदानपश्चात् बहराइन अधिराज्यमा पहिलोपटक पञ्चे बाजा, मङ्गलधुनको प्रस्तुतिसँगै नेपाली मौलिकता झल्कने मारूनी नाच, थारू नाचलगायत अन्य प्रस्तुति भएको थियो ।