१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाटो काट्ने क्रममा अमेरिकामा एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकामा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परेर ज्यान गएको हो । नेपालको ठेगाना अनुसार बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार ज्यान गएको हो ।

बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाली समाजले जानकारी दिएको छ । श्रीमानको मृत्यु भएको खबर पाउनेबित्तिकै बेहोस भएकी बिमला सापकोटाको युनिभर्सिटी अफ केन्टुकी हस्पिटलमा उपचार गराइरहेको पनि समाजले जानकारी दिएको छ ।

विष्णुप्रसाद छोरी बिनिता सापकोटा र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन गएका थिए । जानकारी अनुसार केन्टुकी नेपाली समाजले रोशनराज र बिनिता सापकोटालाई सहयोग स्वरुप ५० हजार डलर सहयोग दिने भएको छ ।