७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकको ५ करोड चोरीमा फेरी एक जना पक्राउ



अ+ अ-

काठमाडौं । सिस्टम ह्याक गरी कृषि विकास बैंकको ५ करोड रुपैयाँ चोरी प्रकरणमा निर्माण व्यवसायी रामकृष्ण भुसाल पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले स्याङ्जा, वालिङका भुसाललाई पक्राउ गरेको हो ।

प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोप्राइटर समेत रहेका भुसाललाई लहान शाखाबाट ६५ लाख रुपैयाँ उनको खातामा पठाइएको भेटिएको प्रहरीले जनाएको छ । उनी भारतमा रहेका ह्याकरले खटाएको एजेन्ट रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनलाई स्याङ्जाबाट काठमाडौं ल्याइनेछ । प्रहरीले बुधबार १२ अभियुक्तलाई सार्वजनिक गरेको थियो ।