१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

संस्कार समाज नेपालद्धारा सवारी साधनलाई जनचेतनामूलक सामग्री वितरण

संस्कार समाज नेपालद्धारा सवारी साधनलाई जनचेतनामूलक सामग्री वितरण
अ अ+ अ-

काठमाडौं । संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारी साधनमा जनचेतनामूलक सामग्री सहितको पेनड्राइभ वितरण गरेको छ । असल संस्कार सिकौँ सिकाऔँ’, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा एक हजार थान पेनड्राइभ वितरण गरिएको हो ।

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ विगतका वर्षमा सुरक्षित यात्राका लागि पर्चा, पम्प्लेट वितरण गरे पनि अभियानले सार्थकता नलिएकाले अहिले पेनड्राइभमार्फत जनचेतनामूलक कार्यक्रम प्रसारण गरेको बताउनुहुन्छ ।

अहिले नयाँ बसपार्कबाट छुट्ने एक हजार सवारी साधनलाई पेनड्राइभ वितरण गरिए पनि आगामी दिनमा देशैभरि उक्त अभियान लैजाने उहाँको भनाइ थियो । समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड, हरेक हप्ता सरसफाइ, विद्यालयमा असल संस्कारसम्बन्धी कक्षा सञ्चालन र अनाथ तथा असहायलाई सहयोग गर्दै आइरहेको छ ।

दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट मुलुकका विभिन्न स्थानमा जाने भएकाले उक्त क्षेत्रमा भीड लाग्ने गरेको छ ।

पेनड्राइभमा क्रमबद्धरुपमा सवारी साधनमा उक्लने र ओर्लने बानी बसालौँ, झ्यालबाट जथाभावी टाउको, हात ननिकालौँ, यात्राका क्रममा मद्यपान, धुम्रपानको प्रयोग नगरौँ, फोहर डस्बिनमा मात्र हालौँ, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ, अनाथ, असहाय र ज्येष्ठ नागरिकलाई महत्व दिऔँलगायतका जनचेतनामूलक सामग्रीमा राखिएका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर अभियानले चालक, सहचालक र यात्रुलाई सचेत बनाउने हुँदा दुर्घटनामा समेत कमी आउने बताउनुहुन्छ । चाडपर्वका बेला सुरक्षित यात्रामा अभियानले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइसकिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुको समस्या समाधानका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको बताउनुहुन्छ । यात्रु सहायता कक्ष स्थापनासँगै कहाँ जाने भाडा कति भन्ने स्पष्ट हुने भएकाले यात्रु नठगिने उहाँको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरीवृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन र टिकटमा हुने कालोबजारी रोक्न ट्राफिक प्रहरी लागिरहेको बताउनुहुन्छ । दशैँका टिकट काट्ने हरेक काउण्टरको अगाडि भाडासमेत स्पष्टरुपमा लेखेर यात्रुले देख्ने ठाउँमा टाँस्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।