२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन



अ+ अ-

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ ।

प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

आव २०८१÷८२ मा २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा रु दुई करोड २१ लाख १० हजार ५०० राजस्व सङ्कलन गरेको थियो । धनुषा जिल्लामा आव २०८२÷८३ मा भएको एक हजार ३५८ सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने दुई हजार १९८ जना घाइते भएका छन् । अघिल्लो आव २०८१÷८२ मा धनुषामा एक हजार २२१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो ।

पछिल्ला केही वर्षयता धनुषा जिल्लामा सवारी दुर्घटना बढे पनि दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिन्छ । सडकको नाजुक अवस्था, मानवीय लापर्वाहीलगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घटेको प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।

पछिल्ला वर्षमा ट्राफिक सचेतना र नियमित ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक दाहालको दाबी छ ।