२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन



अ+ अ-

बागमती। हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन् ।

मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो ।

त्यस्तै कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व सूचनाअनुसार साँझ ६ः०० बजेदेखि चौघडामा रोकिएको थियो ।

आज बिहानैदेखि हेटौँडाबाट जाने सबै मार्गमा यातायात पूर्ण रूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनसुनजन्य विपद्लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गरी ट्राभल एडभाइजरीसमेत जारी गरेको थियो । रासस