१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्न हुँदैनः एमाले सांसद कँडेल

राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्न हुँदैनः एमाले सांसद कँडेल
अ अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उहाँले राष्ट्र बैकलाई धेरै डेपुटी गभर्नर आवश्यक नरहेको बताउनुभएको हो ।

उहाँले निजी क्षेत्रलाई किन धेरै डेपुटी गभर्नर चाहिएको हो भन्ने प्रश्न पनि गर्नुभयो । बैठकमा सहभागी बैंकर्सहरुले डेपुटी गभर्नरको संख्या दुईबाट तीन पु¥याउने प्रश्ताव राखेको थिए । सांसद कँडेलले हालका दुई डेपुटी गभर्नर नै पर्याप्त रहेको उल्लेख गर्दै बाह्य क्षेत्रको प्रतिनिधित्व आवश्यक ठानिएको भएमा एकजना राष्ट्र बैंकभित्रबाट र अर्का एकजना बाहिरबाट नियुक्त गर्ने व्यवस्था गर्न सकिने बताउनु भयो । बैठकमा उहाँले राष्ट्र बैंकको बोर्डमा महिलाको प्रतिनिधित्व नरहेकोमा पनि प्रश्न उठाउनु भयो ।

सरकारले सार्वजनिक निकायका बोर्डमा कम्तीमा एकजना महिला अनिवार्य रहने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले राष्ट्र बैंकको बोर्डमा महिला सदस्य नरहनु र संशोधन विधेयकमा पनि त्यससम्बन्धी व्यवस्था नहुनु दुखद भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले सबै बैंकका बोर्डहरुमा एकजना महिला न्युनतम भनेर सर्कुलर जारी ग¥यो, त्यो अनुसार व्यवस्थापन हुँदै आएको छ । तर राष्ट्र बैंकको आफ्नै बोर्डमा चाहिँ फेरि महिला छैन र यहाँ विधेयकमा पनि यो प्रावधानमा पनि छैन । दोस्रो, निजी क्षेत्रका साथीहरूलाई दुईजना गभर्नरले नपुगेर तीनजना गभर्नर फेरि किन चाहिएको हो ? त्यो थप्नुपर्ने लजिक के हो ? दुईजना पर्याप्त नै हुन्छ, अब यसबाट बाहिरी क्षेत्रबाट पनि एकजना लिनेगरि व्यवस्था गर्न सकिन्छ । राष्ट्र बैंकबाट एकजना बाहिरबाट एकजना गर्दा हुन्छ । यो सहकारीको जुन सम्बन्ध छ, सहकारीको हामीले छुट्टै प्राधिकरण नै बनाउने भनेर भनिसकेका छौँ । त्यसको काम पनि भइरहेको छ, त्यसैलाई सबल बनाउने र अब राष्ट्र बैंकको कार्यक्षेत्रबाट त्यसलाई बाहिर राख्ने हो कि ? पहिला हेर्नुपथ्र्यो, राष्ट्र बैंकले हाम्रो क्षमताले भ्याउँदैन, भनेर अलग्गिएरै बसेको हो ।’

सांसद कँडेलले सहकारी नियमनका लागि छुट्टै प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै राष्ट्र बैंकको कार्यक्षेत्रबाट सहकारी क्षेत्र अलग राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा सहकारी क्षेत्रको नियमन गर्नुपर्ने माग उठ्दा राष्ट्र बैंकले आफ्नो क्षमता पर्याप्त नभएको भन्दै जिम्मेवारी लिन नचाहेको स्मरण गराउनु भयो । सहकारी संकटपछि छुट्टै प्राधिकरण बनाउने दिशामा अघि बढिएको अवस्थामा फेरि राष्ट्र बैंकलाई सोही जिम्मेवारी दिने व्यवस्था गर्न उपयुक्त नहुने उहाँको भनाई छ ।