१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रदेशको दरबन्दी संरचनाप्रति वन प्राविधिकको आपत्ति

प्रदेशको दरबन्दी संरचनाप्रति वन प्राविधिकको आपत्ति
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्मचारीको सङ्गठन तथा व्यवस्थापनप्रति वन प्राविधिकहरुले आपत्ति जनाएका छन् । प्रगतिशील वन प्राविधिक सङ्घ कर्णाली प्रदेश समितिले सङ्गठन संरचना अपर्याप्त रहेको हुँदा हरेक जिल्लामा वातावरण संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गर्न माग गरेको हो ।

सङ्घले कर्णाली प्रदेश बाढी, पहिरो तथा जलवायु परिवर्तनको जोखिममा रहेकाले वन वातावरण र जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले कर्णाली प्रदेश सरकारले बनाएको साङ्गठनिक संरचनाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मूल्य मान्यता, राष्ट्रिय वन नीति, विभिन्न अन्तरराष्ट्रिय मञ्चहरुमा नेपाल सरकारले जाहेर गरेका जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी प्रतिबद्वताहरुको कार्यान्वयन गर्न नसकिने बताए ।

प्रदेश सरकारले भेरी डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालय खारेजी गरेर जिल्लास्तरमा एकीकृत कार्यालय स्थापना गर्न सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) प्रस्ताव पारित गरेपछि कर्मचारी सङ्गठनहरुले विरोध गर्दै आएका छन् । प्रगतिशील वन प्राविधिक सङ्घको प्रथम प्रदेश अधिवेशनबाट पारित १६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष दाहालले जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णालीमा त्यसको व्यवस्थापनका लागि आवश्यक नीति र संरचनाको अपुग रहेको बताए ।

घोषणापत्रमा वन पैदावरहरुको मूल्य अभिवृद्वि गरी प्रदेशस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने, वन श्रमिक तथा कर्मचारीको सुरक्षा तथा दुर्घटना बीमाको व्यवस्था गर्नुपर्ने, वृक्षरोपणलाई व्यापकता दिनुपर्ने, शहरी जलाधार संरक्षण, शहरी हरित सडक, खोला तथा नदीहरुको सीमा निर्धारण गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

सङ्घका महासचिव शिखर चपाईले प्रदेशस्तरीय वन तथा वातावरण संरक्षणसम्बन्धी नीति निर्माण, वन श्रमिक तथा कर्मचारीको हकहित र समग्र वन क्षेत्रमा सुशासन कायम गर्न प्रदेश सरकारसँग समन्वय गर्न सङ्घ तयार रहेको धारणा राखे ।