२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी



अ+ अ-

काठमाडाैँ । पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा कमी रहेको आरोप लगाउनुभएको छ ।

उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो । समाजिक सञ्जाल ‘एक्स’मा गरिएका शृङ्खलाबद्ध पोस्टमार्फत राजदूत मोघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनुभयो । “समझदारीपत्र (एमओयू) उल्लङ्घन गर्न अमेरिकी पक्षले ६० दिन पनि कुर्न नचाहनुले कुनै पनि सम्झौता सफल बनाउन आवश्यक गम्भीरता, दृढता, इच्छाशक्ति र नियतको अभाव देखाउँछ,” उहाँले लेख्नुभएको छ ।

मोघादामले अमेरिकालाई शान्ति र स्थिरताको वास्ता नगरेको आरोप लगाउँदै उसका शान्तिसम्बन्धी आह्वान केवल भाषणबाजीमा सीमित भएको दाबी गर्नुभयो । राजदूतले वासिङ्टनको वास्तविक उद्देश्य सम्झौता गर्नु नभई कुनै पनि माध्यमबाट अस्थिरता सिर्जना गर्नु रहेको आरोप लगाउनुभयो । इरानप्रति अमेरिकाको विगतको नीतिको चर्चा गर्दै मोघादामले राष्ट्रपति डोनाल्ड ट्रम्पले समकालीन कूटनीतिक इतिहासका दुई महत्वपूर्ण उपलब्धि नष्ट गरेको बताउनुभयो ।

उहाँले सन् २०१५को इरान आणविक सम्झौताबाट अमेरिकाको बहिर्गमन र पाकिस्तानको मध्यस्थतामा भएको समझदारीपत्र कार्यान्वयनसम्बन्धी विवादलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । पाकिस्तानको मध्यस्थतामा भएको उक्त समझदारी पत्रको कार्यान्वयनलाई लिएर पुनः तनाव बढिरहेका बेला इरानी राजदूतको यस्तो भनाइ आएको हो । यस विषयमा अमेरिकी पक्षले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।