७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा कमी ल्याउन सन्देशमूलक सडक होर्डिङबोर्ड जडान



अ+ अ-

डडेल्धुरा । डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूडा सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिनुभयो ।

होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरण हुनुका साथै गाडी चालक तथा यात्रुहरुको ट्राफिक चेतनामा वृद्धि हुने अपेक्षा गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तातरण गरिएको आलिताल गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

अति जोखिमपूर्ण राजमार्ग रहेकाले अलिताल गाउँपालिकाद्वारा उक्त होर्डिङबोर्ड माग गरी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताउनुभयो । डडेल्धुराको भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकासँग पनि होर्डिङबोर्ड जडानका लागि छलफल चलिरहेको उहाँको भनाइ थियो । यसअघि गन्यापधुरा गाउँपालिकाले छ वटा होर्डिङबोर्डमा सन्देशमूलक सूचना समावेश राखिसकेको छ ।

डडेल्धुराको भीमदत्त राजमार्ग सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मुख्य राजमार्ग हो भने बूडर–जोगबूडासडकखण्ड डडेल्धुरा जिल्लाको आधा जनसङ्ख्या भएको भित्री मधेश क्षेत्रमा पर्ने सडक हो । भीमदत्त राजमार्ग डोटी, बाजुरा, अछाम र डडेल्धुरा जिल्लाको मुख्य आवतजावत पर्ने राजमार्ग हो ।

उक्त दुवै राजमार्ग धेरै दुर्घटना हुने राजमार्ग मध्येको हो ।
उक्त राजमार्गमा सबैको जनचेतनाकालागि गाउँपालिकाको आर्थिक सहयोगमा ट्राफिक चिन्ह होर्डिङबोर्ड राखिएको गाउँपालिका डडेल्धुराका अध्यक्ष गुरुङले बताउनुभयो ।

भीमदत्त राजमार्ग र बूडर–जोगबुडा सडकखण्डमा गत आर्थिक वर्ष २०७५÷७६ मा दुर्घटनामा परी ३५ ले ज्यान गुमाएका छन् जसमध्ये २७ पुरुष, आठ महिला रहेका छन् । ३३ गम्भीर घाइते र ९६ सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । यस आर्थिक वर्ष २०७६÷७७ साउन र भदौमा दुर्घटनामा परी तीनको मृत्यु भएको छ जसमध्ये पाँच घाइते भएको प्रहरी नायब निरीक्षक खत्रीले जानकारी दिनुभयो ।