७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा तरूण दलको नाराबाजी



अ+ अ-

काठमाडौं । नेपाल तरूण दलले पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ।

शुक्रबार दिउँसो महासचिव भूपेन्द्रजंग शाही समूहले तरूण दलभित्र भएको ‘गुण्डागर्दी बन्द गर्न माग गर्दै’ पार्टी कार्यालयमा नाराबाजीसहित प्रर्दशन गरेका हुन्। उनीहरूले अध्यक्ष जितजंग बस्नेतको राजीनामा मागेका छन्।

कांग्रेसले दिउँसो ३ बजे केन्द्रीय समिति बैठक डाकेको छ। बैठक सुरू हुनु पूर्व नेताहरूलाई दबाब दिने भन्दै तरूण दलले प्रर्दशन गरेको हो। तरूण दलमा अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेको विज्ञप्ति जारी गरेपछि बिबाद बढेको छ।