१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

सीमा नाकामा भारतीय पर्यटकको स्वागत
अ अ+ अ-

कैलाली । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र भारत बीचको भाइचाराको सम्बन्ध रहेकाले आफूबाट हुनसक्ने सक्दो सहयोग गर्न तत्पर रहेको बताउनुभयो । साथै उहाँले नेपाल सरकारले मनाइरहेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ एकदमै राम्रो र शोभनीय कार्यक्रम रहेको विचार व्यक्त गर्नुभयो ।

SAMSUNG CAMERA PICTURES

यस्तै सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पर्यटकलाई गन्तव्य स्थानसम्म पुग्नका लागि सहजीकरण वातावरणको व्यवस्थापन गरिनु आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजत विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलगायतका व्यवस्थापन प्रणालीमा सहजीकरण गरेर मात्रै पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सकिने सुझाव दिएका हुन् ।

सहभागी वक्ताले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई आस्थाका केन्द्रविन्दुमा राखी प्रचार–प्रसार गर्नुपर्ने, पर्यटकका लागि पर्यटकीयस्थलसम्म पुग्न सकिने राम्रो बाटोघाटो, गाँसबासलगायत उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी भारतीय पर्यटक तथा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले पर्यटकको सहजताका लागि सीमानाकामा हेल्पडेस्क राखिनुपर्ने बताउनुहुँदै अनावश्यक जाँचलगायतका हैरानी हटाउन आग्रह गर्नुभयो । कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले पर्यटनको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग हातेमालो गरी अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।