१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

कार्यालय सहयोगीका भरमा सूचना केन्द्र
अ अ+ अ-

कैलाली । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ ।

शुक्रबार ४०औँ विश्व पर्यटन दिवस मनाइरहँदा गड्डाचौकीमा पनि पर्यटन बोर्ड गड्डाचौकी शाखामा कार्यरत कार्यालय सहायक थानेश्वर लेखकले पनि दिवसका अवसरमा विदेशी नागरिकलाई बाजागाजासहित भित्र्याउनुभयो । गड्डाचौकी नाकामा डेढ दशकअघि स्थापना भएको पर्यटक सूचना केन्द्र पाँच वर्षदेखि कार्यालय सहायक लेखकको घरमा छ ।

पर्यटन भ्रमण वर्षको चर्चा चलिरहँदा यहाँको प्रमुख नाकाको पर्यटकलाई गन्तव्यका बारेमा सूचना दिने कार्यालयमा कर्मचारी नहुँदा निकै सास्ती खेप्नुपरेको लेखकको भनाइ छ । उहाँले पर्यटन बोर्डमा लामो समयदेखि कर्मचारी पठाउन माग गरे पनि सुनुवाइ नभएको बताउनुभयो ।

उता गड्डाचौकीस्थित अध्यागमन कार्यालयले दिएको जानकारीअनुसार वार्षिक तीन हजारको हाराहारीमा यहाँबाट तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । भारतका विभिन्न क्षेत्र घुमेर यहाँबाट अमेरिका, फ्रान्स, जर्मनी, बेलायतलगायत देशका नागरिकको बढी सङ्ख्यामा आउँछन् ।
पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा यहाँबाट काठमाडौँ र पोखरा घुम्न आउनुभएकी इरानी नागरिक फजीलट फजेल सेफरेडलाई गड्डाचौकीमा सम्मान गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले इरानी नागरिक सेफरेडलाई नेपाली ढाकाटोपी र विजयसालको भाँडा उपहार दिएर स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै सुदूरपश्चिममा पर्यटनको भरिपूर्ण सम्भावना रहेको बताउनुभयो । “प्रदेश सरकार पर्यटकीय करिडोर बनाउनमा लागिरहेको छ”, राज्यमन्त्री रावलले भन्नुभयो, “सबै पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गर्ने काम गर्ने तयारी हँुदैछ ।”