१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यालय सहयोगीका भरमा सूचना केन्द्र



अ+ अ-

कैलाली । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ ।

शुक्रबार ४०औँ विश्व पर्यटन दिवस मनाइरहँदा गड्डाचौकीमा पनि पर्यटन बोर्ड गड्डाचौकी शाखामा कार्यरत कार्यालय सहायक थानेश्वर लेखकले पनि दिवसका अवसरमा विदेशी नागरिकलाई बाजागाजासहित भित्र्याउनुभयो । गड्डाचौकी नाकामा डेढ दशकअघि स्थापना भएको पर्यटक सूचना केन्द्र पाँच वर्षदेखि कार्यालय सहायक लेखकको घरमा छ ।

पर्यटन भ्रमण वर्षको चर्चा चलिरहँदा यहाँको प्रमुख नाकाको पर्यटकलाई गन्तव्यका बारेमा सूचना दिने कार्यालयमा कर्मचारी नहुँदा निकै सास्ती खेप्नुपरेको लेखकको भनाइ छ । उहाँले पर्यटन बोर्डमा लामो समयदेखि कर्मचारी पठाउन माग गरे पनि सुनुवाइ नभएको बताउनुभयो ।

उता गड्डाचौकीस्थित अध्यागमन कार्यालयले दिएको जानकारीअनुसार वार्षिक तीन हजारको हाराहारीमा यहाँबाट तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । भारतका विभिन्न क्षेत्र घुमेर यहाँबाट अमेरिका, फ्रान्स, जर्मनी, बेलायतलगायत देशका नागरिकको बढी सङ्ख्यामा आउँछन् ।
पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा यहाँबाट काठमाडौँ र पोखरा घुम्न आउनुभएकी इरानी नागरिक फजीलट फजेल सेफरेडलाई गड्डाचौकीमा सम्मान गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले इरानी नागरिक सेफरेडलाई नेपाली ढाकाटोपी र विजयसालको भाँडा उपहार दिएर स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै सुदूरपश्चिममा पर्यटनको भरिपूर्ण सम्भावना रहेको बताउनुभयो । “प्रदेश सरकार पर्यटकीय करिडोर बनाउनमा लागिरहेको छ”, राज्यमन्त्री रावलले भन्नुभयो, “सबै पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गर्ने काम गर्ने तयारी हँुदैछ ।”