९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रश्तावप्रति काँग्रेसको विमति

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रश्तावप्रति काँग्रेसको विमति
अ अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव जनादेशविपरीत रहेको भन्दै त्यसप्रति नेपाली काँग्रेस सहमत हुन नसक्ने स्पष्ट पार्नुभएको छ।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले तीन दल मिलेर सरकार गठन गर्नु प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने अभ्यास हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान गर्ने बताउनुभयो।

उहाँले सरकारमा सहभागी हुनु मात्र काँग्रेसको उद्देश्य नभएको उल्लेख गर्दै परिणाम जे भए पनि पार्टीले अब सिद्धान्तमा सम्झौता नगर्ने र विगतका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशको भावना विपरीत भएकाले काँग्रेसले त्यसलाई अस्वीकार गरेको उहाँको भनाइ थियो।

सभापति थापाले वि.सं. २०७२ यताका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै सत्तालाई नै सबैथोक मान्ने सोचका कारण नेपाली राजनीति अस्थिर र दिशाहीन बन्दै गएको टिप्पणी गर्नुभयो। चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्को दलसँग सरकार बनाउने प्रवृत्तिले सरकार र प्रतिपक्षको भूमिकामै अन्योल सिर्जना भएको उहाँले बताउनुभयो।

राजनीतिक दलहरूमा बढ्दो सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उहाँले बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको दल एकाएक सत्तामा जाने अवस्थाले राजनीतिको विश्वसनीयता कमजोर बनेको धारणा राख्नुभयो। यस्तो प्रवृत्तिले काँग्रेससहित पुराना राजनीतिक दलहरूले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको उहाँले उल्लेख गर्नुभयो।

सभापति थापाले चुनावी गठबन्धन र बदलिँदो सत्ता समीकरणका कारण राजनीतिक दलहरूको वैचारिक पहिचानसमेत संकटमा परेको बताउँदै अब काँग्रेस सत्ता प्राप्ति वा सरकार टिकाउने खेलमा मात्र केन्द्रित नहुने स्पष्ट पार्नुभयो। उहाँले जनादेश, लोकतान्त्रिक मूल्य र पार्टीका आधारभूत सिद्धान्तलाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्नेमा जोड दिनुभयो।