१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुले गरे कटहरिया नगरपालिकामा तोडफोड



अ+ अ-

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।

एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिकाका आक्रोशित विद्यार्थीहरुले एकाबिहानै आज नगरपालिकाको कार्यालयमा तोडफोडबाट लाखौंको क्षति भएको छ । कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।

ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी दुईवटा भन्दा बढी कम्प्युटर, ल्यापटप र नगरपालिकाका एसीमा कामै नलाग्ने गरी फुटाएका छन् भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गर्नुका साथै विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन् भने विधुतीय उपकरणहरुमा पनि क्षति पुरयाएका छन् ।

रौतहट क्षेत्र नं ३ (ख) का प्रदेश सांसद कुन्दन कुश्वाहाले मावि भसढेवाका प्रधानाध्यापक राममंगल प्रसाद यादव र शिक्षक सचिन्द्रप्रसाद यादवको कारण नगरपालिकामा यस्तो घटना घटेको आरोप लगाए । सरुवा गरिएको ठाउँमा नजाने मनसायले प्रअ यादव र शिक्षक सचिन्द्रले सुनियोजित र योजनावद्ध तरिकाले नगरपालिकामा आफना मान्छे र आफन्तलाई विद्यार्थीको रुपमा प्रयोग गरेर आक्रमण गरेको प्रदेश सांसद कुश्वाहाले दावी गरे ।