१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप
अ अ+ अ-

हेटौँडा । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढ्दा उनीहरु श्यया कुरेर बस्न बाध्य भएका छन् ।

विगत दुई वर्षदेखि बीमा कार्यक्रम लागू भएकाले उपचार गर्नेहरूको सङ्ख्या ह्वातै बढ्नाका साथै वर्षायाम शुरू भएदेखि डेङ्गु र स्क्रबटाइफसका बिरामी पनि बढेकाले श्यया अभावको समस्या विकराल बन्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

एकातिर अस्पतालमा बिरामीलाई श्यया पाउन कठिन भएको छ भने अर्कोतिर कर्मचारीलाई श्यया व्यवस्थापन गराउन झन् कठिन बन्दै गएको छ । चिकित्सकले भर्ना गर्नुपर्छ भनेका बिरामीहरूमध्ये कतिपय श्यया नपाएर अन्यत्र गएका छन् भने कतिपय बिरामी श्ययाका लागि कुरेर श्यया बाहिर बस्ने गरेको पाइएको छ । दुई महीनायता डेङ्गु र भाइरल ज्वरोका कारण बिरामीको चाप बढेर भर्ना हुने वार्ड तथा आकस्मिक सेवाका श्ययासमेत अभाव हुँदै गएको छ ।

एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकामा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पताल विकास समितिले जनाएको छ । दैनिक ५०/६० बच्चाको स्वास्थ्य जाँच भइरहेको उक्त अस्पतालमा हाल १५० सम्म बच्चा बिरामी भएर आउने गरेको बालरोग विशेषज्ञ डा राजु सेढाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गु देखिए पनि सामान्यतया खान नसक्नेसम्मका बच्चालाई घर पठाएका छौँ, तर भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई श्यया नपुगे पनि हामीले कुरुवा बस्ने श्यया, भुइँ कोरिडोर सबैतिर राखेर उपचार गरिरहेको छौँ ।” उहाँका अनुसार बच्चामा डेङ्गु, स्क्रबटाइफसलगायत समस्या देखिएका छन् ।

अस्पतालको टिकट काउन्टरको लाइन छेउमा बसेर एक वृद्धा ढाड दुख्यो भन्दै कराउँदै गर्दा उहाँसँगै जानुभएकी हेटौँडा–४ की सुजता मैनालीले भन्नुभयो, “हिजो नि टिकट काट्न नभ्याएर फर्केको हामी आज पनि ताल त्यस्तै छ, छिमेकी आमालाई ल्याइदिएको घर पुग्दा त व्यथा थपिन्छ जस्तो छ ।”

हेटौँडा- ६ की ७३ वर्षीया रेवती चौलागाईं दम र सुगरको बिरामी भएर अस्पताल आएको बताउनुभयो । छोराले स्वास्थ्य बीमा गरेकाले लगातार अस्पताल आउनुभएकी उहाँलाई वृद्धवृद्धा भएकै कारण लाइनमा बसेर उपचार गराउनुपर्ने बाध्यता थिएन । जचाएर जानु भनेर छोरा अफिस गयो तर कसैले अगाडि दिएनन बृद्धाले भन्नुभयो ।

त्यस्तै निमोनियाले थलिएर थरथर काप्दै भर्ना गर्ने वार्डसम्म पुग्नुभएकी बाटुली सञ्जेल धेरै समय वार्ड बाहिर कुरेर बसिरहेको बताउनुभयो । मकवानपुरगढी–३ निवासी ६५ वर्षीया बाटुली सञ्जेललाई हेटौँडा अस्पतालमा भर्ना हुन सिफारिश त ग¥यो तर दुईदिनदेखि अस्पताल धाइरहेकी बाटुली अस्पतालमा बेड खाली नहुँदा कोही डिस्चार्ज भएर जालान र आफूले बेड पाउँला भन्ने आशामा वार्ड बाहिर कुरेको बताउनुभयो । उहाँलाई उभिन नसक्ने हालतमा छोरीको हातको साहारा लिइरहनुपरेको थियो ।

वार्डमा बस्ने एक परिचारिकाले हकार्दै यहाँ नआउनु यता बस्ने ठाउँ छैन भन्दै गर्दा अस्पतालको अवस्था अनुमान लगाउन सकिन्थ्यो । परिचारिकाले बिरामीलाई भन्दै हुनुहुन्थ्यो, “तपार्इंहरू फर्कनुस् खाली भएपछि भोलिपर्सी आउनुस् ।”

वार्डका नर्सहरू भने बेड खाली छैन भन्दै जान आग्रह गर्दै थिए । रनिङमा रहनुभएका एक चिकित्सकले एक बिरामीलाई डिस्चार्ज गरेपछि श्यया खाली भयो भई बाटुलीले भर्ना हुन पाउँदा उहाँको परिवारमा समेत खुशी छल्किएको थियो । वार्डकी नर्स सुरक्षा पौडेलले पर्याप्त श्यया नहँुदा बिरामी व्यवस्थापन गर्न अत्यधिक गाह्रो भएको बताउनुभयो । भर्ना हुन आउने बिरामीलाई पनि फर्काउनुपर्दा नमज्जा लाग्ने गरेको समेत उहाँको भनाइ छ । बिरामी कुरूवा श्ययासमेत प्रयोग गरेर बिरामीको उपचार गराउनुपरेको छ उहाँले बताउनुभयो ।

अस्पतालको आकस्मिक कक्षमा रहेको आठ श्ययामा २० भन्दा बढी बिरामी राख्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षप्रकाश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “करीब ३०० बिरामीको मात्र उपचार गराउन सक्ने क्षमता रहेको छ, तर बिरामीको चापलाई हेरेर काम गर्नुपरेको छ, उपचार नगरी पनि भएको छैन् तर बिरामी राख्ने ठाउँ पनि छैन, विकल्पमा हामीले आकस्मिक कक्षको एउटै श्ययामा दुई/तीन जना र भर्ना वार्डमा कुरुवा बस्ने स्थानसम्म बिरामी राखेका हौँ ।” अस्पतालले नयाँ निर्माणाधीन भवन तयार नभएसम्म अझै १० महीनासम्म अस्पतालको हालको समस्यालाई व्यवस्थापन गर्न कठिनाइ हुने अध्यक्ष पौडेलको भनाइ छ । हाल अस्पतालमा व्यवस्थापन समितिअन्तर्गत ३५ र कर्मचारीअन्तर्गत ३४ गरेर अस्पतालमा ७४ कर्मचारी छन् ।