१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीदेखी रुष्ट मुख्यमन्त्री राउत



अ+ अ-

परासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताउनुभएको छ । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उहाँको भनाइ छ ।

समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत रहनुभएका मुख्यमन्त्री राउतले भन्नुभयो, “संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरु रहेका छौँ ।”

उहाँले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै उहाँले संविधान नै जलाउने पक्षमा भने हामी छैँनौँ भन्नुभयो । उहाँले प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री राउतले संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर हामी मौन बसेका हौँ भन्नुभयो ।

सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उहाँले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको प्रस्ट पार्नुभयो । उहाँले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गर्नुभयो ।