१४ आश्विन २०८१, सोमबार
,
Latest
जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीदेखी रुष्ट मुख्यमन्त्री राउत



अ+ अ-

परासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताउनुभएको छ । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उहाँको भनाइ छ ।

समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत रहनुभएका मुख्यमन्त्री राउतले भन्नुभयो, “संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरु रहेका छौँ ।”

उहाँले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै उहाँले संविधान नै जलाउने पक्षमा भने हामी छैँनौँ भन्नुभयो । उहाँले प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री राउतले संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर हामी मौन बसेका हौँ भन्नुभयो ।

सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उहाँले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको प्रस्ट पार्नुभयो । उहाँले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गर्नुभयो ।