७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर क्रिकेटमा नेपाल जिम्बाबेसँग पराजित, सन्दिपले लिए ३ विकेट



अ+ अ-

काठमाडाैंः सिंगापुरमा जारी पहिलाे टी२० क्रिकेट प्रतियाेगितामा नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएकाे छ ।

सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बाबेबीच त्रिकाेणात्मक खेल हुँदैछ । नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे थियाे ।

नेपालले दिएको १३३ रनको लक्ष जिम्बाब्वेले १८.१ ओभरमा ओभरमा ५ विकेट गुमाएर भेट्टाएकाे थियाे ।

जिम्बाबेले ६४ रन बनाउँदा ५ विकेट गुमाएको थियो । नेपाली युवा बलर सन्दीप लामिछानेले जिम्बाबेका प्रारम्भिक तीन ब्याट्सम्यानलाइ व्यक्तिगत शुन्य रनमै पभेलियन फर्काए पनि रायन बर्ल र रिचमण्ड मुतुम्बामी नेपाली टिमका अघिल्तिर तगाराे बनेर खडा भएका थिए । उनीहरू दुबैले अविजित ६९ रनको साझेदारी गर्दै जिम्बाब्वेलाई जित दिलाए । बर्ल ४१ र मुतुम्बामी ४० रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने सोमपाल कामी २५ रनमा अविजित रहे ।

नेपालको सुरुवात खराब रह्यो । नेपलको राष्ट्रिय टिममा डेब्यू गरेका इशान पाण्डे मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो । आरिफ शेखले मात्र ८ रन जोड्न सके । पारस खड्का १८ रनमा आउट भए भने अर्का डेब्यू ब्वाई कुशल मल्लले मात्र २ रन जोड्न सके ।

सन्दीप जोराले १७ रनको पारी खेले । विनोद भण्डारी ११ रनमा अविजित रहे ।