४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दशैं खर्च ८ खर्बः वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ

दशैं खर्च ८ खर्बः वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ
अ+ अ-

काठमाडौं । सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो। यसपालि झन्डै २४ खर्ब पुग्ने अनुमान छ। दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ। त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ। तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ। जस्तो– आफ्नै उत्पादन, सरसामान आदि।

६० प्रतिशत भने पैसै चाहिन्छ। यसरी हेर्दा यो दसैंमा ५ खर्ब रुपैयाँ प्रवाह हुनेछ। ‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन। घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछासुसमेत बुझिन्छ। कुल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ।’

दसैं आयो। बजारमा चहलपहल बढेको छ। किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत सरसामान खपत हुन्छन्। सार्वजनिक सवारीसाधन, होटलररेस्टुरेन्ट, एयरलाइन्सको व्यापार पनि बढ्छ। चाडपर्व केन्द्रित विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ ल्याएका छन्।

‘दसैं व्यापारले वर्षभरिको व्यापार चक्रलाई ठूलो भरणपोषण गर्छ,’ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का सचिव अनुपकुमार बराल भन्छन्। टिकाउ वस्तुहरू फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तामा दसैं अफर पर्खने बानी परेको छ। इन्टरनेट सेवा प्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवा प्रदायक तथा होटल–रेस्टुरेन्टले पनि दसैं लक्षित प्याकेज ल्याएका छन्।

दसैंले बजार गुलजार बनाउने भएकाले फूलपातीअघिसम्म विक्रेताले छुट र उपहारका विविधि स्किम ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेका छन्। उपत्यका र बाहिरका पुराना बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैं केन्द्रित किनमेलको चाप बढ्दो छ।दसैंमा आफ्नो उत्पादन उपहार दिने चलन पनि छ। जसले गर्दा ड्युरेबल्सको खपत बढ्दो छ। ‘पहिले–पहिले सम्भ्रान्तले मात्र घरपरिवार र आफन्तलाई सवारीसाधन, गरगहनालगायत उपहार दिने चलन थियो,’ मेरिगोल्ड ज्वेलर्सकी प्रोपाइटर ज्योत्सना श्रेष्ठ भन्छिन्, ‘नेपालीको आयस्तर र क्रयशक्ति वृद्धि भएसँग मध्यम वर्गमा पनि यो संस्कार बढोत्तरी भएको छ।’

नेपाली समाजमा सामान्य आय हुने व्यक्तिहरुले पनि लत्ताकपडा, गच्छेअनुसार गरगहना उपहार दिन थालेका छन्। ज्वेलरी व्यवसायीका अनुसार बढी गरगहनाको व्यापार हुने समय तिजदेखि तिहारसम्म हो। गैरआवासीय नेपाली दसैं मनाउन आउने, वैवाहिक कार्यक्रमसमेत हुने कारणले गर्दा गरगहनाको व्यापार बढी हुने श्रेष्ठ बताउँछिन्।

महँगीले बजार सुस्त दसैं नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मूल्यवृद्धि (उपभोक्ता मुद्रास्फिति) ६.९५ प्रतिशत छ। मौद्रिक नीतिले मुद्रास्फिति ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखे पनि चालु आवको पहिलो महिनामै लक्ष्यभन्दा झन्डै १ प्रतिशत बिन्दुले माथि गएको छ।

‘अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार पनि मूल्य बढ्दा माग घट्छ,’ अर्थशास्त्री आचार्य भन्छन्, ‘उदाहरणका लागि खसीको मासु प्रतिकेजी १३०० रुपैयाँ छ भने प्रतिकेजी ८०० रुपैयाँ हुँदा १० केजी खपत गर्नेले ६–७ केजी मात्र खपत गर्छ। किनकि उपभोगको निर्धारण खर्च क्षमताबाट हुने हो।’ मूल्य बढ्दा बजारमा माग घट्ने भएकाले बजार सुस्त हुन्छ। व्यवसायीहरू मूल्यवृद्धिको असरले दसैं बजार विगतभन्दा केही सुस्त भएको स्विकार्छन्। गत वर्ष मुद्रास्फिति ४.२ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार चालु वर्षमा खाद्य, पेय पदार्थ, गैरखाद्य वस्तु र सेवाको समेत मूल्य बढेकाले मुद्रास्फिति लक्ष्यभन्दा माथि गएको जनाएको छ। दसैंमा ग्रामीण क्षेत्रमा समेत घरायसी उत्पादित सामग्रीमात्र नभएर बजारमा उपलब्ध वस्तुको खरिद बढी हुने भएकाले महँगीले सबैलाई असर पार्ने बताइएको छ। गैरखाद्यवस्तुको समेत मूल्यवृद्धिले सबैलाई महँगीको असर पारेको छ। अन्नपुर्णपोष्ट दैनिकबाट