१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

परम्परागत मौलिक संस्कृति माथीको प्रहार नरोके संयुक्त विद्यार्थी संगठन कडा आन्दोलनमा जाने

परम्परागत मौलिक संस्कृति माथीको प्रहार नरोके संयुक्त विद्यार्थी संगठन कडा आन्दोलनमा जाने
अ अ+ अ-

काठमाडौं । दशै, तिहार र छठलाई लक्षित गरेर खाद्यान्न तथा तरकारीमा भएको महंगीलाई तत्काल नियन्त्रण गर्न सरकार सँग संयुक्त विद्यार्थी संगठनले माग गरेका छन। अनेरास्ववियु पाचौंको कार्यलय रातोपुलमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले तत्काल दैनिक उपभोग्य बस्तुको मुल्य समायोजन गरेर महंगिलाई नियन्त्रण नगरे कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनीसमेत दिएको बैठकमा सहभागी नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

दुई घण्टाको लामो छलफल पछि संयुक्त विद्यार्थी संगठनले चार बुदे माग सहित संयुक्त प्रेस बिज्ञप्ति समेत जारी गरेको छ। जारी संयुक्त प्रेस बिज्ञप्तिमा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र,अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल,अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्र, गोपाल किराँती निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष तारा प्रसाद अर्याल र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर छ।

जारी गरिएको संयुक्त प्रेम विज्ञप्तिमा चाडवाडको समय पारेर हुने मिसावट, कालोबजारी, महंगीलाई नियन्त्रण गरी यातायातको असुबिधालाई अन्त्य गर्दै सर्वसुलभ तरिकाले यात्रा गर्ने बाताबरण बनाउन र शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ। सोही विज्ञप्तिमा मेडिकल कलेजहरुले नियम कानुन भन्दा विद्यार्थीबाट बढी लिएको शुल्क तत्काल ब्याज सहित विद्यार्थीलाई फिर्ता गर्न पनि मेडिकल कलेजलाई आग्रह गरिएको छ, अविलम्ब शो शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिदै आन्दोलन बाट आउने परिणामको जिम्मेवारी सम्बन्धि पक्ष हुने पनि जिकिर गरिएको छ।

संयुक्त विद्यार्थी संगठनले त्रिभुवन बिश्वबिद्धालय, काठमाडौं बिश्वबिद्धालय,राष्ट्रिय परिक्षा बोर्ड लगायत शैक्षिक प्रतिष्ठानले दिने छात्रवृत्ति पारदर्शी बनाउन शैक्षिक संस्थाहरुका आफ्ना सुचना बोर्डमा प्रकाशित गर्न र तोकिएको छात्रवृत्ति दिने कुराको कार्यन्वयन गर्न पनि माग गरिएको छ, यो मागलाई बेवास्ता गरिए परिणाम राम्रो नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। बिद्यालय तहमा परम्परागत मौलिक संस्कृति माथी प्रहार गर्दै बिदेशी चाडपर्व मनाउन विद्यार्थीबाट शुल्क लिने गरेको कुरा प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै यो कार्य तत्काल रोक्न माग गरिएको छ।

त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यान संस्थान, भौतिक शास्त्र स्नातकोत्तर तह प्रथम सेमेस्टर २०७५ सालको क्वान्टम मेकानिकल फिजिक्स विषयको परिक्षामा शिक्षा दक्षद्वारा पौष २९ गते गठित सिताराम ब्याहुतको छानबिन समितिले अधिकांश प्रश्न पाठ्यक्रम बाहिरबाट भएको निष्कर्ष सहितको प्रतिवेदन दिएकोले पीडित विद्यार्थीहरुलाई तत्काल विशेष परीक्षा गराउन र दोषी उपर कार्वाही गर्न माग गरिएको छ।