१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु



अ+ अ-

भक्तपुर । घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ ।

नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन फेरि ब्रह्मायणीमा भव्य मेला लाग्ने गर्दछ ।

बिहान मन्दिरमा पूजा गर्नेहरुको घुइँचो लाग्छ भने साँझमा मेला भर्न टोलटोलबाट बाजागाजाका साथ हजारौँ भक्तालु मन्दिर जाने भएकाले यसको रौनक मध्यरातिसम्म रहने गर्दछ । नवरात्रिको अन्तिम दिन नवमी र दशमीको दिनमा भने भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट मेला भर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।