७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु



अ+ अ-

भक्तपुर । घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ ।

नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन फेरि ब्रह्मायणीमा भव्य मेला लाग्ने गर्दछ ।

बिहान मन्दिरमा पूजा गर्नेहरुको घुइँचो लाग्छ भने साँझमा मेला भर्न टोलटोलबाट बाजागाजाका साथ हजारौँ भक्तालु मन्दिर जाने भएकाले यसको रौनक मध्यरातिसम्म रहने गर्दछ । नवरात्रिको अन्तिम दिन नवमी र दशमीको दिनमा भने भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट मेला भर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।