७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

४९६ को निःशुल्क स्वास्थ्य उपचार



अ+ अ-

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

नागरिकमा स्वास्थ्य उपचारको सहज पहुँच पुर्याउन वडा कार्यालयले पटक–पटक शिविरको आयोजना गर्दै आएको उनले बताए । शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यस्तै शिविरमा पाँच गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा १८० जनाको ब्लड गु्रपिङ गरिएको थियो ।

शिविरमा आएका अन्यको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएकोे थियो । शिविरमा अल्ट्रासोनोलोजिष्ट डा प्रनिस पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेको हो । गाउँमा चिकित्सक आएर स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीयवासी खुशी भएका थिए ।