१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पूर्वराजा ज्ञानेन्द्रलाई राजा बनाउने



अ+ अ-

काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई पूर्ण साथ, सहयोग र समर्थन रहेको खुलासा भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले सो खुलासा गरेका हुन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन्” कार्यक्रममा कुरा गर्दै नेता खड्काले यस्तो बताएका हुन् ।

उनले तिहार सकिएलगत्तै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउनको लागि कांग्रेसले सशक्त सडक आन्दोलन गर्दै आफ्नो पार्टी पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन पनि पछि नहट्ने संकेत गरे ।

छायाँको सरकारको भूमिका एकदमै कमजोर भयो नि भनेर पत्रकार धमलाले तेर्साएको प्रश्नमा नेता खड्काले कांग्रेसको छायाँ सरकारको भूमिका कमजोर नभएको जिकिर गरे । उनले भने, हामीले हाम्रो भूमिका निर्वाह गरिरहेका छौं । उत्तरदायी र जवाफदेही तरिकाले हामीले भूमिका निर्वाह गरेका छौं । हामीले देश र जनतालाई केन्द्रमा राखेर आफ्नो भूमिका खेलेका छौं ।

नेता खड्काले वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश नीति पछिल्लो समय उत्तरतिर (चीन) तर्फ ढल्किएको पनि शंका गरे । उनले कुनैपनि दल भारत वा चीनमुखी बन्न नहुने स्पष्ट पारे । उनले भारतसँग सबै पार्टीको घनिष्ठ सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले कांग्रेसले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध राखेको बताए ।