१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमहानगर मातहतको कार्यालय आज बन्द



अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो ।

सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । प्रमुख महतले सबै जनप्रतिनिधि र कर्मचारी जम्मा भएर श्रद्धाञ्जलि सभा गर्ने पनि जानकारी दिनुभयो ।

क्यान्सरपीडित ३९ वर्षीया खुलालको शनिबार चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नगरपालिका प्राङ्गणमा एक घण्टा राखिएको थियो । आज ३ बजे बौद्ध परम्पराअनुसार उहाँको पार्थिव शरीरलाई अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।