१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को



Photo : File
अ+ अ-

काठमाडाैँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ । साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले राससलाई जानकारी दिनुभयो ।

साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन् । पशुपतिनाथ र शिवालयमा हरियो एवं रातो पहिरनमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्छ । साउनमा पशुपतिनाथ आउने भक्तजनका लागि सहज रुपमा दर्शन गराउने सुविधा दिने उद्देश्यले कोषले विभिन्न तयारी अघि बढाएको छ ।

जसअन्तर्गत आज साउन महिनाभर स्वयंसेवकका रुपमा काम गर्नेहरुसँग बैठक गर्न लागिएको पनि कोषले जनाएको छ । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिवालयमा पनि भक्तजनको लर्को देखिएको छ ।