१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एकाबिहानै कुशहा गाउँमा प्रहरी पुगेपछि…

एकाबिहानै कुशहा गाउँमा प्रहरी पुगेपछि…
अ अ+ अ-

सप्तरी । एकाबिहानै गाउँमा प्रहरीको टोली पुग्यो । गाडीलाई सडक किनारमा राखेर छ/सात जनाको टोली सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा गाउँ पस्यो । उनीहरुको हातमा लाठी र बन्दूकको साटो डायरी, कलम र वाकीटकी थियो ।

गाउँका सबैजना उठिसकेका पनि थिएनन् । केही घरमा भने उज्यालो हुन नपाउँदै चुल्हो बलिसकेको थियो । ती घरहरुबाट झिसमिसे बिहानैदेखि ह्वास्स गन्हाउने दुर्गन्ध निक्लिरहेको थियो । गाउँको बीच चौकमा पुगेका प्रहरीहरु आपसमा कुरा गरिरहेका थिए । प्रहरी गाउँमा आएको देखेर केही युवा भेला भए । “ठिक समयमा आउनु भयो, बिहानैदेखि सासै फेर्न गाह्रो हुन्छ, अब अति भयो,” त्यसमध्येका एक युवकले औंलाले घरहरुतिर इशारा गर्दै भने ।

इलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी टोली धमाधम ती घरभित्र प्रवेश गर्यो । उनीहरुले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरे । भट्टी चुल्हाहरू भत्काउन थाले । प्रहरीले शुक्रबार बिहान सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा, श्रीपुर, कदमाहालगायत विभिन्न टोलका छ वटा रक्सी पकाइरहेको चुल्हाहरू भत्काइदियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले १०० लिटर घरेलु मदिरा, मदिरा बनाउन तयारी अवस्थामा रहेको ४०० लिटर कच्चापदार्थ मर्चा, २५ किलो सख्खर (गुँड), ४० वटा प्लाष्टिकका भाँडा (ड्रम) स्थानीयवासीको रोहबरमा नष्ट गर्यो । प्रहरी निरीक्षक केशरीले नियन्त्रणमा लिइएको मदिरा बनाउने छ वटा स्टीलका मेसिन, दश वटा स्टीलका ठूलो भाँडो र पाँच वटा प्लाष्टिकको ठूलो ड्रम सरोकारवालालाई पूर्व सूचना दिई नष्ट गरिने जानकारी दिनुभयो ।

चाडपर्व नजिकिए सँगै अहिले सप्तरीमा अबैध रुपले उत्पादन र बिक्री वितरण बढ्दै गएको घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्न र चुल्हाहरू भत्काउन थालेको छ ।

बिहीबार मात्र प्रहरी चौकी धाँतीको टोलीले सुरुङ्गा नगरपालिका–१० थलहा टोलस्थित तीन वटा घरबाट अवैध मदिरा बनाउने तीन वटा मेसिन, ४० लिटर घरेलु मदिरा, २०० लिटर कच्चापदार्थ, २० किलो शख्खर (गुँड), पाँच वटा प्लास्टिकको भाँडा नियन्त्रणमा लिई नष्ट गरेको थियो । उक्त स्थानबाट पाँच वटा सिल्भर र पाँच वटा प्लास्टिकका भाँडासमेत बरामद गरिएको थियो ।

प्रहरी निरीक्षक केशरीका अनुसार सुरुङ्गा नगरपालिका–३ डाँडा टोल र वडा नं ५ चकदह, वडा नं ७ पोखरिया र वडा नं १० पटेर्वाबाट एक महिनाको अवधिमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरिएको छ । प्रहरीले सीमानाकामा कडाइ गर्नुका साथै एक महिनामा एक दर्जनभन्दा बढी लागुऔषध ओसार्नेलाई पक्राउ गरी कारवाही चलाएको छ भने एक हजारभन्दा बढी गाँजाका बोटहरु काटेर नष्ट गरेको छ ।

घरेलु मदिरा र लागुऔषधका कारण समाजमा मौलाउँदै गएको विकृतिले शान्ति सुरक्षामा चुनौती थपिदै गएकाले प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान जिल्लाभरी नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताउनुभयो । चाडपर्वलाई लक्ष्य गरी विशेष योजना बनाएको सप्तरी प्रहरीले अवैध लागुऔषध ओसारपसार र घरेलु मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाउँदै शान्ति सुरक्षालाई अव्बल बनाउने अभियानमा जुटेको जनाएको छ । मातहतमा रहेका प्रत्येक प्रहरी इकाईहरूलाई घरेलु मदिरा नियन्त्रणमा लिन विशेष निर्देशन नै दिएको प्रहरी उपरीक्षक प्रसाईले बताउनुभयो । एक महिनाको अवधिमा सप्तरी प्रहरीले तयारी र कच्चापदार्थ गरी करीब १० हजार लिटर मदिरा नष्ट गर्यो ।

यो अभियानलाई प्रहरीले निरन्तरता दिने जनाउँदै प्रहरी उपरीक्षक प्रसाईले चाडवाड नजिकिँदै गर्दा कुनै आपराधिक क्रियाकलाप घट्नबाट जोगाउन पहिलो चरणमा अवैध रुपले उत्पादन गरेको घरेलु मदिरा बिक्री र उत्पादन तथा लागुऔषध ओसारपसारलाई रोक लगाउन खोजेको बताउनुभयो । “विशेष कार्ययोजना बनाएर अभियानलाई निरन्तरता दिएका छौं,” प्रहरी उपरीक्षक प्रसाईले भन्नुभयो – “घरेलु मदिरा बनाउनेलाई पहिलो चरणमा सचेत पार्ने, दोस्रो चरणमा सम्झाउने र तेस्रो चरणसम्म पनि भेट्टिए कारवाही थाल्छौं ।” यस अभियानमा सबै नागरिकको सहयोग रहने प्रहरीको विश्वास छ ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रममार्फत समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउने अभियान शुरू गरेको नेपाल प्रहरीले समाजमा अशान्ति मच्चाउने पहिलो कारण घरेलु मदिरा रहेको जनाउदै आएको छ । प्रहरीले घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा, मर्चा लगायतका सामग्री बरामद गर्दै मदिरा र चुल्हा नष्ट गर्न थालेकामा व्यवसायीहरु असन्तुष्ट देखिए पनि स्थानीय बासिन्दाले सराहना गरेका छन् ।

दशैं, तिहार जस्ता महत्वपूर्ण चाडपर्वका बेला मदिरा सेवन गर्नेहरूको सङ्ख्या र मात्रा बढ्नुका साथै चोरी, लुटपाट, हत्या, हिंसाका घटनामा वृद्धि हुने भएकाले रोकथामका लागि प्रहरीको सकृयता आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । अखाद्य बस्तु मिसाएर उत्पादन गरिएको घरेलु मदिराले शान्ति सुरक्षा मात्रै नभएर नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको खडग नगरपालिकाकी सरस्वती चौधरी बताउनुहुन्छ । लागुऔषध तथा दुव्र्यसनी एवं अवैध घरेलु मदिरा निर्मूल कार्यलाइ तीव्रता दिंएकामा खुशी व्यक्त गर्दै चौधरीले विसङ्गतिरहित समाज निर्माणमा सबैको भूमिका आवश्यक रहेको बताउनु यो ।

अवैध मदिराका कारण दिनहुँ समाजमा झैझगडा, घरेलु हिंसा, महिला हिंसा लगायतका घटनामा वृद्धि भइरहेको हुनाले विशेष अभियान थाल्न आवश्यक रहेको राजविराज निवासी महिला शिक्षक मञ्जु श्रेष्ठले बताउनुभयो ।