१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा फेरि गयो पहिरो, सपथ ग्रहण कार्यक्रममा नेताहरुमाथि नै कुर्चि प्रहार



अ+ अ-

अछाम । नेपाल कम्युनिष्ट पार्टि पञ्चदेवल विनायक नगरकमिटिको सपथ ग्रहण कार्यक्रममा झडप भएको छ । नगरका पुराना नेताहरुलाई पार्टिको कुनैपनी तहमा नसमेटिएको भन्दै केहि नेता कार्यकर्ताहरुले पार्टिका जिल्ला अध्यक्ष शेर बहादुर कुँवर र जिल्ला सचिब झपट साउदमाथि चर्को नाराबाजी गरेका हुन । कार्यकर्ताले उनिहरुमाथि कुर्चि प्रहार गरेका छन ।

झडपका क्रममा ४ वटा कुर्चि भाचिएको नेकपा स्रोतले बताएको छ । स्रोतका अनुसार पार्टिनेता शेर बहादुर बुढा, जानकी रावल लगायतलाई पार्टिको भुमिका विहिन बनाएको भन्दै कार्यकर्ताहरु झडपमा उत्रिएका थिए । अहिले स्थिति सामान्य छ । प्रहरीको सहयोगले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तारामान स्वार, जिल्ला ईन्चार्ज शरदसिंह भण्डारी, प्रदेश सदस्य नन्द बहादुर कडायत लगायतका नेताहरु सहभागी थिए ।
पार्टिबाट २०७० सालमा संविधान सभा सदस्य भएकी जानकी रावल, पार्टिको विनायक क्षेत्रको नेतृत्व गरीरहेका तत्कालीन माओबादी केन्द्रका जिल्ला सचिवालय सदस्य शेर बहादुर बुढा लगायतका नेताहरुलाई पार्टिले भुमिका विहिन बनाएको छ ।