३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा फेरि गयो पहिरो, सपथ ग्रहण कार्यक्रममा नेताहरुमाथि नै कुर्चि प्रहार



अ+ अ-

अछाम । नेपाल कम्युनिष्ट पार्टि पञ्चदेवल विनायक नगरकमिटिको सपथ ग्रहण कार्यक्रममा झडप भएको छ । नगरका पुराना नेताहरुलाई पार्टिको कुनैपनी तहमा नसमेटिएको भन्दै केहि नेता कार्यकर्ताहरुले पार्टिका जिल्ला अध्यक्ष शेर बहादुर कुँवर र जिल्ला सचिब झपट साउदमाथि चर्को नाराबाजी गरेका हुन । कार्यकर्ताले उनिहरुमाथि कुर्चि प्रहार गरेका छन ।

झडपका क्रममा ४ वटा कुर्चि भाचिएको नेकपा स्रोतले बताएको छ । स्रोतका अनुसार पार्टिनेता शेर बहादुर बुढा, जानकी रावल लगायतलाई पार्टिको भुमिका विहिन बनाएको भन्दै कार्यकर्ताहरु झडपमा उत्रिएका थिए । अहिले स्थिति सामान्य छ । प्रहरीको सहयोगले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तारामान स्वार, जिल्ला ईन्चार्ज शरदसिंह भण्डारी, प्रदेश सदस्य नन्द बहादुर कडायत लगायतका नेताहरु सहभागी थिए ।
पार्टिबाट २०७० सालमा संविधान सभा सदस्य भएकी जानकी रावल, पार्टिको विनायक क्षेत्रको नेतृत्व गरीरहेका तत्कालीन माओबादी केन्द्रका जिल्ला सचिवालय सदस्य शेर बहादुर बुढा लगायतका नेताहरुलाई पार्टिले भुमिका विहिन बनाएको छ ।