१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दैनिक दुई हजार नेपाली घर फर्किंदै

दैनिक दुई हजार नेपाली घर फर्किंदै
अ अ+ अ-

महेन्द्रनगर । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् । भारतबाट घर फर्किने क्रम बढेसँगै बस, अटो र ई–रिक्सा चालक यात्रु ओसार्न सक्रिय छन् । “छोरा÷छोरी घरपरिवारसित दशैँ मनाउन १५ दिनको बिदा लिएर आएँ”, गड्डाचौकी नाकामा भेटिएका बैतडीका गोरख चन्दले भन्नुभयो, “चाडपर्व परिवारसित भेटघाटको एउटा बहाना पनि हो ।” उहाँले आफू १७ वर्षदेखि भारतको दिल्लीमा काम गर्दै आएको बताउनुभयो । “पहिलेको भन्दा अहिले अटो, बस, ई–रिक्सामा यो नाकाबाट आवतजावत गर्न सहज महसुस गरेँ”, उहाँले भन्नुभयो, “भारतीय बसपार्कमा घर फर्किने नेपालीको अत्यधिक चाप छ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक राजु ठकुराठीले दैनिक दुई हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन घर फर्किरहेको बताउनुभयो । “हिजोअस्तिभन्दा यात्रु आउने क्रम बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ ।” उहाँले चाडपर्वलाई लक्ष्य गरी एक साताअघि गड्डाचौकीमा स्थापना गरिएको नागरिक सहायता कक्षमा दुई नेपाली लुटिएर आएको जानकारी प्राप्त भएको बताउनुभयो ।

“पहिलेको भन्दा लुटपाट तथा टेम्पो, रिक्सावालाको अराजगक गतिविधि कम छ”, उहाँले भन्नुभयो, “यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।” उहाँले सीमावर्ती भारतीय शहर बनबासा बजारमा यात्रुले बढी हैरानी खेप्नु परेको बताउनुभयो । “सीमा क्षेत्रमा अहिले संयुक्त यात्रु सहायता कक्ष भएकाले धेरै सहज भएको छ”, चन्दले भन्नुभयो ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले यात्रुको पीरमर्का बुझेर समाधान गर्न संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेका छन् । “पहिले अटो र रिक्सा चालकले यात्रुबाट बढी रकम असुल्ने र दुःख दिने गरेका थिए”, संयुक्त सहायता कक्षमा भेटिएका एसएसबीका जवान केवी सिंहले भन्नुभयो, “अहिले सहायता कक्ष खुलेपछि बढी भाडा लिने क्रम ह्वात्तै घटेको छ ।” उहाँले केही व्यक्तिले बढी भाडा असुलेको खबर यात्रुले सहायता कक्षमा जानकारी गराएको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशबाट झण्डै डेढ लाख मानिस रोजगारीका लागि भारत गएको तथ्याङ्क छ । विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका सुदूरपश्चिम प्रदेशका दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०।१४ प्रतिशत रोजगारीका लागि गएको तथ्याङ्क छ ।