१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सडक बनाउन माग गर्दै चक्काजाम

सडक बनाउन माग गर्दै चक्काजाम
अ अ+ अ-

काठमाडौँ । साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।

स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको भन्दै दबाब दिन स्थानीयवासीले सडक ठप्प पारेका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालिएको हो । चाबहिलबाट साँखु जाने सडक कालोपत्र नगरेका कारण दबाब दिन चक्काजाम गर्नुपरेको समितिका अध्यक्ष मिलन खड्काले बताउनुभयो ।

सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायत सडकमा खाल्टाखुल्टी तथा हिलो छ । दैनिक हजारौँ उपभोक्ताले सडकका कारण निकै कष्ट भोग्नु परिरहेको स्थानीयवासी पुरुषोत्तम चौलागाईंले बताउनुभयो । स्थानीयवासी दिलीप श्रेष्ठ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउनुहुन्छ । सडक निर्माणमा विलम्ब भएको र स्थानीयवासीले खेप्नु परेको दुःखका कारण सडक बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा सडक बनाउने योजना ल्याएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरी त्यही वर्ष असोजमा चार निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । एघार दशमलव ४६ किलोमिटर लामो उक्त सडक विस्तार समयमै नसकेपछि थप एक कम्पनीलाई जिम्मा दिइएको थियो । अहिलेसम्म उक्त सडकखण्ड विस्तार सकिएको छैन ।