३१ असार २०८३, बुधबार
,
Latest
‘हरित इलाम हिलोमय भयो’: सचेतक राई मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको सांसद महन्थ ठाकुरको आरोप सांसदहरूले सेबोनलाई भनेः ‘पुँजी बजार सुधारको स्पष्ट कार्ययोजना चाहियो’ १० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने श्रीलंका प्रस्थान गरे प्रचण्ड, एसियाली क्षेत्रीय स्थायित्व सम्मेलनमा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका प्रस्थान गरे प्रचण्ड, एसियाली क्षेत्रीय स्थायित्व सम्मेलनमा सहभागी हुने



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली क्षेत्रीय स्थायित्व र आर्थिक उत्थानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिहीबार श्रीलंका प्रस्थान गरेका छन्।

इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८ सम्म सञ्चालन हुने ‘द एशियन डायलग अन रिजनल स्टेबिलिटी एन्ड इकोनोमिक रेजिलियन्स’ सम्मेलनमा प्रचण्डले नेपालको प्रतिनिधित्व गर्नेछन्।

उनीसँगै नेपाली प्रतिनिधिमण्डलमा पार्टीका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी रहेका छन्।

आयोजकका अनुसार सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया र इन्डोनेसियालगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेताहरूको सहभागिता रहनेछ।

तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण, नव–नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व, साथै समाजवाद निर्माणका लागि एसियाली मुलुकबीचको एकता र सहकार्यका विषयमा व्यापक छलफल हुने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिवसहित एसियाका विभिन्न देशका दर्जनभन्दा बढी राजनीतिक नेताहरूसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

ती भेटवार्तामा क्षेत्रीय राजनीतिक अवस्था, आर्थिक सहकार्य, प्रगतिशील शक्तिहरूबीचको सम्बन्ध सुदृढीकरण तथा साझा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।