२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य संस्थानले बेच्न थाल्यो खसी, बोका र च्याँग्रा, कुनको कति मूल्य ?



अ+ अ-

काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। सोमबारबाट संस्थानले बेच्न सुरु गरेको हो ।

संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालका अनुसार यस वर्ष संस्थानले ३ हजारको संख्यामा भेडा, च्यांग्रा तथा खसी बिक्रीवितरण गर्ने र ज्युँदो भेडा, च्याँग्रा प्रतिकिलोको मूल्य ७ सय ४० रुपैयाँ र खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरिएको हो। संस्थानले १ हजार ९ सय २० वटा भेडा, च्यांग्रा मनाङबाट ल्याइएको हो भने १ हजारभन्दा बढी खसीबोका मकवानपुरबाट काठमाडौं ल्याइएको संस्थानले जनाएको छ।

खाद्य संस्थानले बेच्न लागेका खसी, बोका तथा च्यांग्राहरु किन्दा पशु चिकित्सकले स्वस्थता परिक्षण गरेको र बेच्दा पनि स्वस्थ र मासु खान मिल्नेरनमिल्ने परीक्षण गरेर मात्र बेच्ने खनालले बताए।