१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सोमबार ( आज) सुनको मूल्य ओरालो लागेको छ । आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार भने २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घटेको थियो। आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको थियो।

त्यस्तै, तेजावी सुन आइतबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने प्रतितोला २ सय रुपैयाँले नै घटेर सोमबारका लागि ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ।

सुनको भाउसँगै चाँदीको भाउ पनि केही ओरालो लागेको छ। चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ आइतबारको तुलनामा ५ रुपैयाँले घटेको हो।