१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारका कारण प्रजातन्त्र खतरामा– सहमहामन्त्री डा.महत

सरकारका कारण प्रजातन्त्र खतरामा– सहमहामन्त्री डा.महत
अ अ+ अ-


विदुर । नेपाली काँग्रेसका सह–महामन्त्री ड.प्रकाशशरण महतले बर्तमान सरकार स्वतन्त्र न्यायालय र अख्तियारलाई समेत आफ्नो प्रभावमा पारेर मुलुकमा एकदलीय एवम् निरंकुश शासन व्यवस्था लाद्न उद्दत रहेको बताएका छन् ।


उनले भने– यो सरकारले मुलुकमा संविधानले अपरीबर्तनीय भनेका ब्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र प्रेस, आवधिक निर्वाचन र मानवअधिकारबाट समेत नागरिकलाई बञ्चित गर्ने दुष्प्रयास गरिरहेको छ, त्यसैले नागरिक अधिकारहरुको रक्षाका लागि सबै जनता लाग्नुपर्ने दिन आएको छ ।


नुवाकोटको सदरमुकाम बिदुरमा सामुदायिक बिकास केन्द्र नेपालको ११ औं साधारणसभाको उद्घाटन गर्दै सहमहामन्त्री डाक्टर महतले नागरिक अधिकार हनन् हुने कुनै पनि क्रियाकलापका बिरुद्ध नागरिक अधिकारका पक्षपातीहरु ऐक्यबद्ध हुनुपर्ने धारणा ब्यक्त गरे ।


सहमहामन्त्री डा.महतले नेपाली काँग्रेसले शान्ति र प्रजातन्त्रका लागि लडेको इतिहासको स्मरण गर्दै वर्तमान कम्युनिष्ट सरकारकै कारण मुलुकको प्रजातन्त्रमाथि नै खतर उत्पन्न भइरहेको देखिएको पनि बताए ।


कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपालीले समाज रुपान्तरण र नागरिक अधिकार स्थापित गर्ने काममा गैह्सरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहने भएकाले आग्रह र पूर्वाग्रह नलिई संस्थाका क्रियाकलापहरु संचालन गर्न आग्रह गर्दे सुशासन प्रबद्र्धनको क्षेत्रमा सामुदायिक बिकास केन्द्रको भूमिका प्रशंसनीय रहेको बताईन् ।


त्यसक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापा, नेपाली काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, महिला अधिकारकर्मी बिन्दा अर्याल, सामुदायिक बिकास केन्द्रका संस्थापक अध्यक्ष बिष्णुराज नेपाल, अध्यक्ष नारायणप्रसाद नेपाल, नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछाने, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पंडित, गैहसरकारी संस्था महासंघ नुवाकोटका सचिव लोचन भट्टराई, एभरेष्ट बैंकका शाखा प्रबन्धक उज्जवल प्रजापति, उत्तरगया दैनिकका सम्पादक शिव देबकोटा लगायतका बक्ताहरुले समाज रुपान्तरणमा गैह्सरकारी संस्थाहरुको भुमिकाको संबन्धमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका संस्थापक सदस्य , प्रेस युनियनका पूर्ब केन्द्रीय सदस्य , उत्तरगया दैनिकका सम्पादक शिव देबकोटा र उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पंडितसहित उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मानित गरियो ।


काँग्रेस सह–महामन्त्री डा महतले पत्रकार देबकोटा, अधिकारकर्मी पंडितसहित केन्द्र्रका अध्यक्ष नारायणप्रसाद नेपाल, उत्कृष्ट कर्मचारीहरु लक्ष्मी फुँयाल, राजकुमार श्रेष्ठ र केशवप्रसाद न्यौपानेलाई दोसल्ला र सम्मापत्रद्वारा सम्मानित गरे ।


यसैगरी कार्यक्रममा एभरेष्ट बैकसंगको सहकार्यमा गतबर्षको एसईई परीक्षामा उत्कृष्टता हासिल गरेका नुवाकोट र रसुवाका १० जना बिद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।