४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ग्यासको आधा सिलिण्डर नीतिले उद्योगी मारमा, बजार पूर्ण सहज हुन अझै समय लाग्ने

ग्यासको आधा सिलिण्डर नीतिले उद्योगी मारमा, बजार पूर्ण सहज हुन अझै समय लाग्ने
अ+ अ-

काठमाडाैँ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारले ल्याएको आधा सिलिण्डर (७.१ केजी) को नीति र त्यससँग सम्बन्धित खर्च व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा ग्यास उद्योगीहरू मर्कामा परेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष चन्दले यस्तो गुनासो गर्नुभएको हो । गत फागुन २८ गते बजारमा ग्यासको अभाव भएपछि उपभोक्तालाई राहत दिन र होल्डिङ रोक्न मन्त्रालय र नेपाल आयल निगमको सहमतिमा ७.१ केजीको सिलिण्डर बजारमा पठाइएको उहाँले स्मरण गराउनु भयो ।

तत्कालीन समयमा १५ दिनका लागि मात्र यो व्यवस्था गर्ने र त्यसपछि लागत अध्ययन गरेर खर्च समायोजन गर्ने लिखित सहमति भए पनि चार महिना बितिसक्दा समेत सरकारले कुनै पहल नगरेको उहाँले बताउनु भयो । ढुवानीमा परेको समस्याबारे प्रस्ट पार्दै उहाँले पहिले २ हजार ५ सय सिलिण्डर बोक्ने ट्रकले अहिले सोही क्षमतामा ५ हजार सिलिण्डर बोक्नुपर्ने बाध्यता रहेको र डिजेलको मूल्य वृद्धिले लागत अझ बढेको बताएउनु भयो । दुर्गम पहाडी जिल्लाहरूमा ढुवानी गर्न निकै कठिन भएको र वर्षातका कारण बाटो अवरुद्ध हुँदा ग्यास आपूर्तिमा थप चुनौती थपिएको उहाँको भनाइ छ ।

अध्यक्ष चन्दले भन्नुभयो, ‘आधा सिलिण्डर ग्यास भर्दा र ढुवानी गर्दा हाम्रो सञ्चालन खर्च, ह्यान्डलिङ चार्ज र ढुवानी खर्च दोब्बर भएको छ । सहमति अनुसार खर्चको अध्ययन गरी १६ औँ दिनदेखि लागू गर्ने भनिएको थियो, तर चार महिना बितिसक्दा पनि हाम्रो अनुरोध कसैले सुनेको छैन । उद्योगी नोक्सानमा छन्, विक्रेता दुःखी छन् र उपभोक्ता सबैभन्दा बढी मारमा परेका छन् । यस्तो अवस्थामा पनि सरकारले समस्या समाधानमा तदारुकता देखाएको छैन ।’

अब पुनः १४.२ केजीको पूर्ण सिलिण्डर बजारमा ल्याउने निर्णय भएपनि बजार पूर्ण रूपमा सहज हुन अझै डेढ महिना लाग्ने उहाँले जानकारी दिनुभयो । चन्दकाअनुसार ७.१ केजीका सिलिन्डरहरूलाई प्रतिस्थापन गरी रोटेसन मिलाउन समय लाग्नेछ । यस अवधिमा ग्यासको माग २० देखि २५ प्रतिशतले बढ्न सक्ने र सोही अनुपातमा आपूर्ति व्यवस्थापनका लागि आयल निगमसँग समन्वय भइरहेको उहाँले बताउनु भयो ।

आफूहरूले पटक–पटक लिखित र मौखिक रूपमा ध्यानाकर्षण गराउँदा पनि सरकार मौन बसेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । अध्यक्ष चन्दले उद्योगीहरूसँग पर्याप्त ग्यास मौज्दात रहे पनि ढुवानीका साधनको अभाव र भौगोलिक विकटताका कारण कतिपय स्थानमा अभाव देखिएको स्वीकार गर्नुभयो । उहाँले सरकारलाई तुरुन्तै लागत अध्ययन गरी उद्योगीहरूको समस्या सम्बोधन गर्न माग समेत गर्नुभयो । –न्यजु एजेन्सी नेपाल