१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुंग्री खोलामा बस खस्यो, दुई जनाको मृत्यु



अ+ अ-

रोल्पा । रोल्पाको सुलिचौर बजारमा बस दुर्घटना हुँदा बस चालकसहित २ जनाको ज्यान गएको छ। सुलिचौरबाट सिर्पतर्फ जान लागेको ग१ख ५५७३ नम्बरको बस मोड्ने क्रममा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परि बसका चालक रोल्पा लुंग्री गाउपाँलिका-३, सिमगिठेका यामबहादुर घर्तीमगर र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको भने अझै पहिचान खुल्न सकेको छैन।

स्थानियका अनुसार बस सुनिल स्मृति गाउँपालिका-३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको र बसमा यात्रु कम भएकाले ठूलो क्षति नभएको बताइएको छ ।

दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन्। उद्धार कार्य अझै पनि भइरहेको बताइएको छ। बसमा थप ३/४ जना यात्रु फसिरहेको स्थानीयहरुले बताएका छन्।