२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण महासचिव शाहीले भने : ‘खै कहाँ छ सरकार’



अ+ अ-

काठमाडौं । दशैको मुखमा नागरिकका दैनिक जीवन उपयोगी बस्तुहरुमा गरिएको चर्को मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम हुदा पनि सरकार मुख दर्सक बनेको नेपाल तरुण दलले आरोप लगाएको छ ।

कालोबजारी र चर्को महङी नियन्त्रणको लागि सरकारले पहल गर्नु पर्नेमा उल्टै मुख दर्सक भएर बसेको छ। सरकारको यस्तो गैरजिम्मेवार कार्यको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ। नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्दारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

नागरिकका दैनिक उपभोग्य बस्तुहरु माथी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता र महङी नियन्त्रण, यात्रु हरुलाइ आआफ्नो गन्तव्यमा पुग्न सुपथ मुल्यमा थप सवारी साधनको तत्काल ब्यबस्था, दशैको अबसरमा बिभिन्न स्थानमा सुपथ मूल्य पसलको प्रबन्ध, नागढुङामा देखियको सवारी जामले गर्दा हजारौं यात्रुहरुलाई परिरहेको कठिनाइलाई तत्काल समाधान, दसै तिहारको अबसरमा तरुण युबाहरुले संचालन गर्ने विभिन्न कार्यक्रमहरुमा शान्ती सुरक्षा लगायत सहयोग गर्न बर्तमान सरकारलाई नेपाल तरुण दल जोडदार माग गर्दछ । नेपाल तरुण दलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।