१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा ठाकुर

नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा ठाकुर
अ अ+ अ-

उर्मिला यादव यात्री, सुनवल । नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा कैलाश ठाकुर चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष ठाकुरले पश्चिम नवलपरासीमा रहेका सम्पुर्ण संघ संस्थाहरु तथा कार्यालयहरुले गरेका कार्यहरुको निष्पक्ष , प्रादेशिक र राजनितिक बिहिन तरीकाले निगरानी गर्दै अगाडि बढने बताउनु भएको छ ।

उहाले जिल्लाको सम्पुर्ण नागरीकको हकहितको लागी कार्य गर्दै नागरीक समाजलाइ जिल्लाकै नमुना समाजको रुपमा परिचित गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । जिल्लाको हरेक नगरपालिका , गाउपालिका लगायत क्षेत्रमा यसको बिस्तार गर्दै जाने समेत बताउनु भएको छ ।

पुर्व नागरीक समाज पश्चिम नवलपरासीका अध्यक्ष शम्भु प्रसाद उपाध्यायको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमुख आथित्यातमा आज सोमबार परासीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता , पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा , नेपाल रेडक्रस सोसाइटी नवलपरासीका अध्यक्ष राजेन्द्र प्रसाद अग्रहरी , उपभोत्ता हित संरक्षण मंच नवलपरासीका अध्यक्ष रामजी ज्ञवाली , परासी क्याम्पसका अध्यक्ष सुमन गोपाल आचार्य ,उद्योग बाणिज्य संघ नवलपरासीका सदस्य उमेश पौडेल लगायतले मन्तब्य राख्दै शुभकामना ब्यक्त गर्नु भएको नागरीक समाजका सचिव राजेश कुमार गुप्ताले जानकारी दिनु भएको छ ।