७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यति गम्भीर आरोप लागेपछि त्यसको स्वतन्त्र छानबिनका लागि म राजीनामा दिने मनस्तिथिमा छु: सभामुख महरा



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफुमाथि लागेको बलत्कारको आरोप झुटो भन्दै गर्दा अन्ततः उनले राजीनामाको तयारी गरेका छन् । उनलाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीबाट यौन दुव्र्यवहारको आरोप लागेका छ । सम्भवतः महराको आजै (मंगलबार) राजीनामा दिने भएको छ ।

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको परामर्शपछि महराले राजीनामा दिने मनस्थिति बनाएका छन् । ‘यति गम्भीर आरोप लागेपछि त्यसको स्वतन्त्र छानबिनका लागि म राजीनामा दिने मनस्तिथिमा छु’, महराको भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले भने, ‘पहिला पार्टीका दुई अध्यक्षसँग सल्लाह गर्छु ।’

नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने पनि संकेत गरेका छन् । यसबारे छलफल गर्न सचिवालय बैठक विहान ११ बजे बोलाइएको नेकपाले जनाएको हो ।

महराले बिहानैदेखि निवासमा आफू निकटस्थहरुका साथै संसदका महासचिव मनोहर भट्टराईलगायतसँग परामर्श गरेका छन् । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले आइतबार राति आफ्नो बानेश्वरस्थित डेरामा जबर्जस्ती करणी गरेको भन्दै सार्वजनिक मिडियामार्फत महरालाई आरोप लगाएकी थिर्यन् ।

यो खबरले अहिले चारैतिरबाट आलोचना/समालोचनाको प्रतिक्रियाहरु पाईरहेको छ । यद्यपि महराले भने आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको दाबी गरेका छन् । यता महराका प्रेस सल्लाहकार डिल्ली मल्लले भने घटनाको खण्डन गर्दै विज्ञप्ति जारी गरिसकेको छ ।