१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा प्रकरणमा नयाँ ट्वीस्ट : राति साढे ११ बजे…



अ+ अ-

काठमाडौं । सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाएकी संसदकी कर्मचारीले ‘घटना भएलगतै आइतबार राति नै सांसदहरुलाई फोन गरेर सहयोग मागेको खुलासा भएको छ ।

उनले घटना भएलगतै आइतबार राति साढे ११ बजे ‘मलाई न्याय चाहियो माननीयज्यू भन्दै नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई फोन गरेको पाइएको छ ।

मैले के भयो र भनेर सोध्दा उनले म रेपमा परे भनिन् । कोबाट भन्दा सभामुखबाट भनिन् ।’ त्यो आफूलाई पत्याउनै गाह्रो भएको रेग्मीले सुनाइन् । उनी भन्छिन्, ‘प्रमाण के छ त भन्दा उनले प्रतिवाद गर्दा मलाई कुटपिट पनि गरे, अरु केही प्रमाण छैन भनिन् ।’

त्यसपछि आफूले यदि बलात्कारको प्रयास नै भएको भए कानूनी उपचार खोज्न सुझाएको सांसद रेग्मीले सुनाइन् । आइतबार विहान पनि पीडित महिलाले फोन गरेपछि आफूले पार्टीका नेताहरुलाई पनि घटनाबारे बताएको रेग्मीले बताइन् ।