२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख महराले दिए पदबाट राजीनामा



अ+ अ-

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

सभामुख महराले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, “हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।

यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो । संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ ।

संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । आज बसेको नेकपा सचिवालय बैठकले पनि महरालाई सभामुखका साथै स‌ांसद पदबाट समेत राजीनामा दिन सुझाव दिएको थियो । त्यसपछि उनले राजिनामा दिएका हुन् ।