१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चट्याङ प्रतिरोधी प्रविधि जडान

चट्याङ प्रतिरोधी प्रविधि जडान
अ अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ ।

चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो ।

स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त प्रविधिको टावरमार्फत हावाको रेञ्जबाट २१४ मिटर गोलाइको वरिपरि सुरक्षित राख्न सक्ने क्षमता राख्दछ । त्यसबाट २७० घरधुरीका १३५० जनाका साथै घर पालुवा जनावरसमेत लाभान्वित हुनेछन् । यसका अतिरिक्त त्यहाँस्थित विद्यालय, सरकारी कार्यालय, प्रहरी चौकी, वडा कार्यालय तथा स्वास्थ्यचौकीसमेत सुरक्षित रहने बताइएको छ ।

जमीनमुनि १० फिट गहिरो तथा चार÷चार फिट चौडाइको खाडलमा केमिकल राखी बनाइएको उक्त प्रविधिको लागि स्थानीय जनसहभागितासहित रु तीन लाख लगानी भएको जनहितका प्रतिनिधि चिरञ्जीवी कट्टेलले जानकारी दिनुभयो । उक्त प्रविधि ९९ प्रतिशत सफल रहेको दाबी गरिएको छ । चट्याङबाट उक्त वडामा विगतका वर्षमा निकै ठूलो धनजनको क्षति भइसकेको छ ।

भूगर्भविद्का अनुसार सिन्धुपाल्चोक जिल्ला चट्याङ र पहिरोको उच्च जोखिममा पर्दछ ।