७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको विकास निर्माणमा बाबुरामको चिन्ता



अ+ अ-

काठमाडौं । गोरखाको बुढीगण्डकी जलविद्युत आयोजनामा विकास निर्माणमा डा. बाबुराम भट्टराईले चिन्ता जनाएका छन् । मंगलबार गोरखा पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई बुढीगण्डकी आयोजनामा ढिलाइ हुँदा गोरखाको विकास पछि परेको बताएका छन् ।

नेता भट्टराईले बुढीगण्डकी आयोजना नेपालीले नै बनाउने मोडलमा नगए आयोजना नबन्ने खतरा देखेको बताए । जनताले अत्यन्त ठूलो सहयोग गरेका छन्, स्थानीय वासिन्दाले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ’ उनले भने ‘दुर्भाग्यवश यति हुँदा पनि अवरुद्ध भइरहेको छ ।’

नेता भट्टराईले गोरखकाली रवर उद्योग अब नयाँ ढंगले सञ्चालन गर्नुपर्ने र गोरखा जिल्लामा अर्को औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बताए । जिल्ला विकासको मुुख्य आधार धार्मिक साँस्कृतिक पर्यटन हो भन्दै उनले जिल्लाका सबै धार्मिक, पर्यटकीय क्षेत्र जोड्ने गरी एउटा सर्किट बनाउनुपर्ने बताए । ‘धार्मिक, साँस्कृतिकस्थल जोड्ने सडक गोरखाका लागि गेमचेन्जर आयोजना बन्न सक्छ’ उनले भने ।

गोरखामा पछिल्लो समय ठेक्कापट्टामा लिने र काम नगर्ने प्रवृत्ति बढेको भन्दै यसलाई राजनीतिक दल र कर्मचारीले सघाएको भट्टराईले आरोप लगाए । ‘त्यसैले अहिले गोरखाको विकास निर्माण करिब करिब ठप्प छ’ उनले भने ‘कुन खालको भ्रष्टाचार छ भन्ने कुरा पत्रकारले उजागर गर्नुपर्छ ।