२९ असार २०८३, सोमबार
,
Latest
मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबारही गर्न संसदीय समितिद्वारा… संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी सञ्चारमाध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियत घोषणाः विद्युतीय सवारीधनीदेखि लक्षित वर्गसम्मलाई छुट बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण सङ्खुवासभाबाट गाँजासहित पक्राउ कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित प्रगति नभएका जलविद्युत् आयोजना वर्गीकरण गरी आवश्यक निर्णय गरिन्छ : ऊर्जामन्त्री श्रेष्ठ सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेललाई फेरि ३ दिन हिरासतमा राख्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेललाई फेरि ३ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासत अवधि थप तीन दिनका लागि लम्ब्याइएको छ। यससँगै उनीमाथिको अनुसन्धानका लागि पाँचौँ पटक म्याद थप भएको हो।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिनको म्याद दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलको म्याद यसअघि असार ९ गते सात दिन, १५ गते तीन दिन, १८ गते छ दिन र २४ गते पाँच दिनका लागि थप गरिएको थियो।

यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन भने अदालतले खारेज गरेको छ।




भर्खरै