• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री ★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल ★   देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो: ओली

महराको राजिनामा ‘लटरपटर’, अर्को पनि राजीनामा दिनुपर्ने



काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा ‘लटरपटर’ छ। मंगलबार स्वकीय सचिवमार्फत् उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाएको राजीनामा पत्रमा उनले छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा दिएको बताएका छन्।

महराले दिएको राजीनामा पत्रमा प्रतिनिधि सभाका सभामुखको लेटर प्याड प्रयोग गरेका छन्। उनले बुझाएको राजीनामा पत्रले सभामुखबाट मात्र राजीनामा दिएको बुझिन्छ।

उपसभामुखलाई बुझाएको राजीनामा पछि उनी सभामुख पदबाट मुक्त भएका छन्। महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए।

‘उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ। नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन,’ उनले भने।

महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका थिए।