२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराको राजिनामा ‘लटरपटर’, अर्को पनि राजीनामा दिनुपर्ने



अ+ अ-

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा ‘लटरपटर’ छ। मंगलबार स्वकीय सचिवमार्फत् उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाएको राजीनामा पत्रमा उनले छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा दिएको बताएका छन्।

महराले दिएको राजीनामा पत्रमा प्रतिनिधि सभाका सभामुखको लेटर प्याड प्रयोग गरेका छन्। उनले बुझाएको राजीनामा पत्रले सभामुखबाट मात्र राजीनामा दिएको बुझिन्छ।

उपसभामुखलाई बुझाएको राजीनामा पछि उनी सभामुख पदबाट मुक्त भएका छन्। महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए।

‘उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ। नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन,’ उनले भने।

महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका थिए।