सल्यान । बाटोमा रोकिराखेको ट्रक शारदा नगरपालिकाको कार्यालय नजिकै पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा शारदा नगरपालिका-८ बस्ने ४५ वर्षीय मजदूर रामकली विक रहेका छन्।
‘बाटो निर्माण गर्न बा ३ क २३६५ नम्बरको ट्रकबाट ड्राइभरले ब्रेक लगाइ सामान झार्दै गर्दा ड्राइभर ट्रकबाट झरेको र विक भने पानी खान त्यस ट्रकमा चढेका थिए, ‘त्यही क्रममा एक्कासी ट्रक पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।’