४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

नेपालले ऊर्जा र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छः उपाध्यक्ष डा. भट्ट

नेपालले ऊर्जा र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छः उपाध्यक्ष डा. भट्ट
अ+ अ-

काठमाडाैँ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विश्वव्यापी अनिश्चितता बढिरहेका बेला नेपालले ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय परिस्थिति अत्यन्त अस्थिर र पूर्वानुमान गर्न कठिन भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयमै तयारी गर्नुपर्ने बताउनुभयो।

डा. भट्टका अनुसार विश्वव्यापी रूपमा यस वर्ष सुख्खा बढ्ने अनुमान गरिएको छ, जसका कारण खाद्यान्नको मूल्य वृद्धि हुने जोखिम देखिएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै आगामी चार–पाँच महिनासम्म विपद् व्यवस्थापन र आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। योजना आयोगले यस विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेको उल्लेख गर्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपालसँग विकासका लागि महत्वपूर्ण अवसरहरू रहेको पनि बताउनुभयो। देशमा युवा जनसंख्या, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर, पर्याप्त विदेशी विनिमय सञ्चिति तथा विकासप्रतिको जनआकांक्षा नेपालको विकासका प्रमुख आधार भएको उहाँको भनाइ थियो।

केही वर्षअघि विदेशी विनिमय सञ्चिति घट्दै गएको, बैंकिङ प्रणालीमा तरलताको अभाव रहेको र ब्याजदर उच्च रहेको अवस्था अहिले परिवर्तन भइसकेको उल्लेख गर्दै उहाँले हाल बैंकिङ प्रणालीमा करिब १२ खर्ब रुपैयाँ बराबरको अधिक तरलता रहेको जानकारी दिनुभयो। उक्त तरलताको सदुपयोग गर्दै न्यून ब्याजदरको लाभ उठाएर विकास निर्माणका आयोजना अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।

उहाँले नागरिकको विकासप्रतिको अपेक्षालाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन तथा उत्पादकत्व वृद्धि र राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, नेपालको विकास आयोजना कार्यान्वयन क्षमता अझै कमजोर रहेको स्वीकार गर्दै आयोग एक्लैले मात्र विकासका लक्ष्य हासिल गर्न नसक्ने धारणा राख्नुभयो।

बैठकमा डा. भट्टले नेपालले अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिको प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघसँग थप तीन वर्ष समय मागिरहेको जानकारी पनि दिनुभयो। जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै गएको तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपद्का कारण हरेक वर्ष ठूलो आर्थिक क्षति हुने अवस्थालाई आधार बनाएर थप समयको माग गरिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार नेपालको पर्यावरणीय संवेदनशीलता सूचकांक (ईभीआई) केही वर्षअघि करिब २४ रहेकामा अहिले २९ पुगेको छ, जबकि यसको थ्रेसहोल्ड ३२ रहेको छ। संयुक्त राष्ट्रसंघले नेपालको तर्कलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उहाँले समय थप हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो।

उहाँले राष्ट्रिय योजना आयोगको संस्थागत सुदृढीकरणका लागि पुनःसंरचनाको प्रक्रिया अघि बढाइएको जानकारी दिँदै १६औँ योजनाको मध्यावधि समीक्षा आगामी आर्थिक वर्षको सुरुदेखि नै सुरु गरिने बताउनुभयो। उक्त समीक्षाले बाँकी अवधिको कार्यदिशा तय गर्नुका साथै आगामी योजनाका लागि मार्गदर्शन गर्ने उहाँको भनाइ थियो।

डा. भट्टले ‘भिजन २०५०’ अवधारणालाई आगामी आर्थिक वर्षको कार्ययोजनामार्फत अघि बढाइने जानकारी दिँदै सोही अवधारणाले भविष्यका आवधिक योजनाहरू निर्माणका लागि दीर्घकालीन मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो।