४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उहाँ मेरो बाउ समानको मान्छे हो । मैले रिस उठ्दा भनेका कुरालाई पत्रकारले बंग्याएर लेखिदिए: शाही

उहाँ मेरो बाउ समानको मान्छे हो । मैले रिस उठ्दा भनेका कुरालाई पत्रकारले बंग्याएर लेखिदिए: शाही
अ+ अ-

काठमाडौं। यौन दुर्व्यवहारको आरोपमा मुछिएपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । संविधानको धारा ९१ को उपधारा ६ (ख) अनुसार उनले राजीनामा दिएका हुन् र उनको राजीनामासँगै सभामुख पद रिक्त भएको छ । संसद् सचिवालयमा कार्यरत रोशनी शाहीलाई आइतबार राति उनकै डेरामा गई यौन दुर्व्यवहार गरेको विषय विभिन्न सञ्चार माध्यममा आएपछि सभामुख महराले नैतिकता देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

सो घटनापछि मंगलबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले महरालाई सभामुख र सांसदबाट राजीनामा दिन आग्रह गर्न निर्णय गरेको थियो । पार्टीको निर्णयसँगै सभामुख महराले आफूलाई आरोप लागेकाले छानबिनलाई सहज बनाउन नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभामुखमा निर्वाचित भएका थिए । अहिले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ ।

सभामुख महराले आफ्नो राजीनामापत्र निवासबाट नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई पठाएका थिए । मिडियामा समाचार आइसकेपछि महराका स्वकीय सचिव सागर केसीले सिंहदरबार पुगेर उपसभामुख तुम्बाहाम्फेलाई राजीनामापत्र बुझाएका हुन् । उनले राजीनामा दिनुको कारण पत्रमा स्पष्ट उल्लेख गरेका छैनन् । सभामुखको लेटर प्याड भएकाले सभामुखबाट राजीनामा दिएको स्वतः बुझिन्छ । तर, सांसदबाट भने उनले राजीनामा दिएका छैनन् । पत्रमा सांसदबाट राजीनामा दिएको कहीँकतै उल्लेख छैन ।

महरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन भनेको थियो । राजीनामापत्रमा उनले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको व्यहोरा लेखेका छन् । तर, राजीनामा दिइसकेपछि त्यो छानबिनबाट प्रमाणित भए पनि नभए पनि उनी स्वतः पदमा फर्किने बाटो छैन । सभामुखको राजीनामा स्वीकृत भएपछि प्रतिनिधिसभाले चुनावबाट नयाँ सभामुख चुन्नेछ ।

नेकपाले सांसदबाट पनि राजीनामा दिन भने पनि उनले सांसद पदबाट राजीनामा नदिएकाले उनको सांसद पद भने कायमै हुने व्यवस्था छ । उपसभामुखलाई मंगलबार बुझाएको राजीनामापछि उनी सभामुख पदबाट मुक्त भएका छन् । महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनुपर्दछ । सभामुख पदको राजीनामा कसैले स्वीकृत गर्न नपर्ने भए पनि सांसदको राजीनामा उपसभामुखले स्वीकृत गर्नुपर्ने हुन्छ । संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ ।

नियमावलीको दफा २११ मा सभामुखले उपसभामुखसमक्ष लिखित राजीनामा दिएपछि पद खाली हुने व्यवस्था छ । संविधानमै सभामुखले उपसभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ । लिखित राजीनामापत्र बुझाएपछि स्वतः पद रिक्त हुने संवैधानिक व्यवस्था छ । सभामुख महराले भने राजीनामापत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ भन्ने उल्लेख गरेका छन् । पार्टीले उनलाई सभामुख र सांसद पदबाट राजीनामा गर्न भनेकाले पार्टीको नजरमा अब महरा सांसद नरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।

उनले भने, ‘पार्टीले सभामुख र सांसदबाट पनि राजीनामा गर्न भनेपछि पार्टीको नजरमा उहाँ सांसद पनि रहनुहुन्न ।’ तर, कानुनको दृष्टिमा भने महरा आफैंले सांसद पदबाट समेत राजीनामा नदिँदासम्म सांसदको हैसियतमा भने रहनेछन् । यस्तै, सभामुख महरामाथि ‘जबर्जस्ती करणी’को आरोप लगाएको भनिएकी संसद् सचिवालयमा कार्यरत कर्मचारी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुव्र्यवहार नगरेको मंगलबार साँझ बताएकी छन् । उनले आफूले डिप्रेसनको औषधि सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छन् ।

उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको बताइन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद् सचिवालयमा कहिलेकाहीँ रक्तचाप परीक्षण गराउँदा भेट हुने हो,’ उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’ शाहीले महरा आफ्नो बुबासरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताइन् ।

‘उहाँ मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा केके भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नुहोला,’ उनले भनिन्, ‘मैले रिस उठ्दा भनेका केके कुरालाई पत्रकारले बंग्याएर लेखिदिएछन् ।’

शाहीले आफूले विगत आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन् । उनले भनिन्, ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमित औषधि सेवन गरिरहेकी छु ।’ सोमबार साँझ उनको सचिवालयले भने घटनाबारे अस्वीकार गर्दै विज्ञप्ति निकालेको थियो । ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मदिरा सेवन गरेको र पछि जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

आफू बलात्कृत भएपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले राति नै आएर आफूसँग कुरा गरेको उनले बताएकी थिइन् । राति नै तीनकुने प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनको कोठामा पुगी घटनाको सम्पूर्ण विवरण लिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट